खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण : कानूनमन्त्री भट्ट

बैतडी : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले  खेल र खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण हुने बताएका छन्। बिडिसिए कप क्रिकेट प्रतियोगिताको दशरथचन्द क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलको म्यान अफ द म्याच वितरण समारोहमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उनले भने, ‘खेलमा एक टोलीको जित एकको हार हुन्छ तर त्यसमा अनुशासन महत्त्वपूर्ण हो। सबैले अनुशासनमा बस्न अनिवार्य हुन्छ। अनुशासनका साथै मेहनतले मात्रै सफलता मिल्छ।’यसैबीच उनले प्रदेश सरकारले खेलकुद क्षे