डोटी - डोटीको दिपायलमा निर्माण भएको भाइरल पुलका नामले चिनिँदै आएको झोलुङ्गे पुलकाे अवलोकन गरे वा पुलमा टिकटक बनाएबापत अब कर तिर्नुपर्ने भएको छ । दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुलकाे अवलोकन गरेबापत कर उठाउने तयारी गरेको हाे ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दिपायल सिलगढी नगरपालिका–५ दुधेश्वर र २ नम्बर वडामा पर्ने कोटभैरव जोड्नका लागि पुल निर्माण भएको हो । दुई पर्यटकीय तथा धार्मिक स्थल जोड्ने गरी निर्माण भएको पुल दिपायल घुम्न आउने आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्दै...