विराटनगर महानगर र विमानस्थलबीच कर विवाद , कुनै पनि कर बुझाउँदैनौंः प्राधिकरण
प्राधिकरणको सम्पूर्ण कारोबारको हरहिसाबको अडिट महालेखाले गर्ने गर्छ। महालेखाले अडिट गर्दा प्राधिकरणले कर नतिरे वा नबुझाएको देख्छ र तिर्न लगाउने भएको हुँदा कर तिर्नुपर्ने हुन्छ।...
विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको बदनाम भइरहेको उनको भनाइ थियो । ‘यहाँ सहकारीको उद्देश्यअनुरूप राम्रो गर्ने सहकारी पनि छन्,’ उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ । मर्जरमा गएर सहकारी संस्था बलियो हुनुपर्छ ।’
सरकारीको मर्म र भावनाअनुसार सहकारी सञ्चालन नभएकै कारण समस्या देखिएको मेयर कोइरालाले बताए । अब कोरोना र आर्थिक मन्दीको समस्या देखाएर सहकारीहरू उम्किन नपाउने चेतावनी उनले दिए ।
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिइन् । स्थापना भएको ३ महीनासम्म ऋण प्रवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या आएको दाबी उनले गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा इमानदारी जरुरी रहेको औंल्याए । अहिले सञ्चालित अधिकांश सहकारीमा पारदर्शिता नभएको उनको भनाइ थियो । महानगरले सञ्चालन गरेको कर संकलन अभियानमा साथ दिन सहकारीकर्मीलाई उनले आग्रह गरे ।
अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकतामा राख्न सुझाव दिए । सहकारीले रोजगारी सृजना र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो उनीहरूको थियो ।
फोहोर संकलनमा समेत कर असुलिरहेको प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरले आन्तरिक आम्दानीमा कमजोर बन्दै गएपछि करका थप दायरा बढाउने तयारी गरेको छ । यसलाई महानगरको ११ औं नगरसभाले पारित गरेको छ । यसअघि महानगरले फोहोर संकलनमा समेत १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) लिँदै आएको छ ।
विराटनगर । विराटनगर महानगरको बजार क्षेत्रमा देखिएको पार्कीङ समस्यालाई समाधान गर्न महानगरले कर नतिरी खाली रहेका जग्गालाई पार्कीङ स्थल बनाउन थालेको छ । कर नतिरी खाली छाडिएएका जग्गालाई महानगरले सर सफाइ गरी पार्कीङ स्थलको रुपमा प्रयोग गर्न थालेको हो । खाली रहेको जग्गालाई पार्कीङ स्थल बनाउन महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाईसमेत सुरु गरिएको छ […]