व्यवसायीलाई कर तिर्न बालेनको ताकेता, तर महानगरसँगै छैन करको विवरण

महानगरले कर तिर्न आग्रह गरे वा चेतावनीसहित चिट्ठी पठाए पनि कति कर तिर्न बाँकी छ भन्ने विवरण महानगरसँग नहुने देखिएको छ । उदाहरणका लागि क्यासिनोहरूले कति कर तिर्नुपर्ने छ त्यो जानकारी महानगरसँग छैन ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरको ताकेता, धमाधम उठ्न थाल्यो कर

काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो ।  पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । “अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो । अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्”, उनले भने ।कसले तिरे म

असार मसान्त भित्रै तेस्रो किस्ताको कर तिर्न सरकारको आग्रह

सरकारले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७७/७८ को आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न आग्रह गरेको हो । विभागले  आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै तिर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा कार्यालयमा कर दाखिला गर्न भनेको छ ।सूचनामा भनिएको छ ' आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा | कार्यालयमा दाखिला गर्नुहुन जानकारी गराइएको छ ।'

बोनस शेयर प्राप्त गर्नको लागि कर तिर्न कालिका लघुवित्तको आग्रह

कालिका लघुवित्तले आर्थिक वर्ष ७६/७७ बोनस शेयर पाउनको लागि बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको छ । कम्पनीले जनसेवी लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार भईसकेपछि शेयर खरीद गरेका लगानीकर्तालाई कर तिर्न आग्रह गरेको हो ।साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोवार भएको मिति २०७६ पौष २३ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीहरुको हकमा सो थप शेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७(क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले उक्त थप शेयरबाट आर्जित बोनस शेयरमा लाग्ने कर वापतको रकम तिर्न कम्पनीले आग्रह गरेको छ ।कम्पनीको २०७८/०१/०७ मा सम्पन्न १०औं तथा ११औं वार्षिक साधारण सभाबाट आ.व. २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ९.७३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भए बमोजिम उक्त बोनस शेयर मिति २०७८/०९/१९ गतेदेखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिसकिएको जनाएको छ ।कम्पनीले बोनस वापत कर रकम एनएमबि बैंक लिमिटेड, शाखा कार्यालय वालिङ्गको नाममा रहेको खाता नं. : ०४५००२६६८३८०००१९ मा जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले रकम जम्मा गरेपछि रकम जम्मा गरेको भौचर कम्पनीको इमेल ठेगाना info@kalikabank.com.np मा पठाउन आग्रह गरेको छ ।रकम जम्मा गरेको भौचर र बैंक खातामा जम्मा भएको रकमसंग भिडान गरी बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले जनाएको छ।  कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न समेत कम्पनीले अनुरोध गरेको छ। साथै, भौतिक रुपमा शेयर धारण गर्ने शेयरधनीहरुले समेत आफ्नो शेयर अभौतिकीकरण गराई कर वापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नं. उपलब्ध गराए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ । आफुले प्राप्त गर्ने बोनस शेयरमा लाग्ने करको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडको वेवसाईट www.nmbcl.com.np मा गई हेर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शेयर दाखिला खारेजी बन्द भएको मिति २०७७/१२/१९ भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको कर वापतको रकम जम्मा गर्नु पर्ने भए सो समेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट NO Obiection Letter वा फकवा पत्र (Release Le etter) ICT भए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जनाएको छ।

स्थानीय तहमा कर शिक्षाको अभाव, कर तिर्न उस्तै झन्झट

२७ मंसिर, काठमाडौं । आगामी आर्थिक वर्षको वाषिर्क बजेट तथा आय-व्ययको अनुमानित विवरण सार्वजनिक गर्नुपूर्व स्थानीय सरकारले राजस्व संकलन हुने क्षेत्रको पहिचान र प्रक्षेपण गर्नुपर्छ । स्थानीय तहको मूख्य आम्दानीको स्रोतका रुपमा रहने आन्तरिक आय बढाउन र करदातामैत्री बनाउन भने पर्याप्त प्रयास हुन नसकेको एक अध्ययनले देखाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने भएको छ । सूचना प्रविधि विभागले ७५३ स्थानीय तहका लागि एउटै टेम्पेलेटमा निर्माण गरेको मोबाइल एपमा अब कर तिर्ने र करको विवरण हेर्ने सुविधा थप भएको हो ।  हाल कर प्रणालीमा २१ वटा स्तानीय तह आवद्ध भएका छन् । हाल काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौडा...

राजश्व विभागको प्राविधिक समस्याले कर तिर्न नपाएका करदाता सर्वोच्चमा

करदाताहरुले असार महिनाको कर तथा विवरण बुझाउने अन्तिम दिन साउन २५ गते विभागको सर्वरमा समस्या आएको थियो । यसमा करदाताले जरिवाना तिर्नुपर्ने भएपछि मुद्दा दायर गरेका हुन् ।

कर तिर्न काठमाडौं महानगरपालिकाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै बुधबारदेखि ३ दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । उनीहरूबाट करिब […]

यसरी तिर्नुस् अनलाईनबाटै सवारीको राजश्व

काठमाडौं। सेवाग्राहीले अनलाईनबाटै सवारीको कर भुक्तानी गर्न टीएमआईएस डट बागमती डट जीओभी डट एनपीमा जानुपर्छ। यसमा गएर आफ्नो मोबाइल नम्बर राखेर साइनअप गरेपछि दायाँपट्टी आउने प्लस बटनमा क्लिक गरेर आफ्नोे सवारी नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्छ। विवरण राखिसकेपछि कर तिर्नुपर्ने अप्सनमा गएपछि सेवाग्राहीले तिर्नुपर्ने सबै कर र तीनका प्रकारसमेत देखाउँछ। त्यसपछि सेवाग्राहीले कर तिर्नुपर्ने कार्यालय छनोट गरेर कर तिर्न सक्नेछन्।

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो।२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।यसैगरी आयकर, अन्तः शुल्क, शिक्षा सेवा