युट्युबमा अडियो/भिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ । सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा यस्तो व्यवस्था गरेको हो । युट्युबरका साथै व्यवसाय सञ्चालनमा संलग्न नरहेको व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएमा पनि अग्रिम कर तिर्नुपर्नेछ । विधेयकको ६८ औँ बुँदामा लेखिएको छ, ‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बा