काठमाडौं । मंगलवार नेप्से परिसूचक ५ दशमलव २० अंक घटेर परिसूचक १ हजार ८६६ दशमलव ८८ विन्दुमा झरेको छ ।
उक्त विन्दु ६६ दिनयताको नै न्यून हो । मंगलवार कारोबारमा आएका २६४ धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर २३ हजार १७० पटकमा रू. ९१ करोड ७६ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा ११६ को भने घटेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यस कम्पनीको शेयर मूल्य रू. २५७ दशमलव ८० पुगेको छ । यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको मूल्य ८ दशमलव ९३ प्रतिशत बढेर रू. ८ दशमलव शून्य ५ कायम भएको छ ।
यस दिन '८.५ % प्रभु बैंक डिबेन्चर २०८७' नामक ऋणपत्रको मूल्य १० प्रतिशत घटेको छ । ऋणपत्र मूल्य प्रतिकित्ता रू. ७३८ मा झरेको छ । यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८ दशमलव शून्य ३ प्रतिशत घटेर रू. ५७३ दशमलव ९० कायम भएको छ ।
आज सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको रू. ३ करोड ३६ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्य रू. ४१० कायम भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ३ करोड २८ लाख बराबरको भएको छ ।
मंगलवार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढ्दा बाँकी ६ समूहको परिसूचक भने घटेको छ । मंगलवार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १.३९ प्रतिशतले घटेको छ ।