निफ्रा सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ३ कम्पनीको गरि २ करोड ४० लाख कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा निफ्रा, सिभिल बैंक र शाइन रेसुंगाको गरि कुल २ करोड ४० लाख ४७ हजार २ सय ८१ दशमलव ४७२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज सिभिल बैंकको ५ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता बोनस शेयर, निफ्राको ८ प्रतिशतले हुन आउने १ करोड ६० लाख कित्ता बोनस शेयर र शाइन रेसुंगाको १०.९३ प्रतिशतले हुन आउने ३७ लाख २५ हजार ४ सय ५१ दशमलव ०५२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

सम्बन्धित सामग्री

फागुनमा थपियो ९२ करोडभन्दा बढी कित्ता धितोपत्र

काठमाडौं । धितोपत्र दोस्रो बजारमा फागुनमा मात्र ९२ करोड ४६ लाख ३ हजार ९७० कित्ता धितोपत्र थप भएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न २८ कम्पनीको धितोपत्र फागुनमा सूचीकृत भएको जानकारी दिएको हो । यो महीना सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । १९ कम्पनीको बोनस शेयर, एक कम्पनीको हकप्रद शेयर, तीन कम्पनीको मर्जर तथा प्राप्तिपछि कायम शेयर, तीन कम्पनीको साधारण शेयर (आईपीओ) र दुई कम्पनीको ऋणपत्र दोस्रो बजारमा थपिएको हो । फागुनमा साधारण शेयर जारी गरी युनिक नेपाल लघुवित्त, शुभम् पावर र सुपर मादी हाइड्रोपावर दोस्रो बजारमा प्रवेश गरेका हुन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ७ प्रतिशत ब्याजदरको ‘निफ्रा उर्जा ऋणपत्र २०८५/८६’ र बैंक अफ काठमाण्डूले जारी गरेको बिओके डिबेन्चर २०८६ ‘क’ नामको ऋणपत्र पनि फागुनमै दोस्रो बजारमा सूचीकृत भएको हो । एक कम्पनीको हकप्रद भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सूचीकृत भएको हो ।  फागुनमा धेरै कम्पनीको बोनस शेयर सूचीकृत हुँदा बजारमा विक्री चाप बढेको अनुमान ब्रोकरहरूले गरेका छन् । नयाँ कम्पनीहरू बजारमा भित्रिने क्रम निरन्तर भए पनि कम्पनीहरूको धितोपत्रमा माग बढ्न नसकेको जानकारी ब्रोकरहरूले दिएका छन् । बजार घटिरहेको अवस्थामा नयाँ कम्पनीको शेयर खरीदमा आकर्षित हुन नसक्नु स्वाभाविक भएको अनुमान उनीहरूको छ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने प्राथमिक बजारमा आईपीओ निष्कासन प्रक्रियालाई खाली नबनाई अनुमति प्रक्रियालाई निरन्तरता दिएको छ । यो प्रक्रियाले बजारमा धितोपत्रको आपूर्तिले भने निरन्तरता पाउने देखिन्छ । सूचीकृत कम्पनीहरूको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुने भएकाले लगानीकर्ताले धितोपत्रको आपूर्तिसँगै माग बढ्ने खालको नीतिमा जोड दिन नियामकलाई अनुरोध गरेका छन् ।  फागुनमा नेप्सेमा धितोपत्र सूचीकृत गर्ने कम्पनी

दोस्रो त्रैमासमा निफ्राले कमायो करीब ७७ करोड नाफा, खुद नाफा कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस त्रैमाससम्म ७६ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीले खुद नाफा ७३ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४४ करोड २६ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा बढेको छ । गत वर्ष ६३ करोड २३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ९ करोड ४५ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने ६० करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ । ८ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी २१ अर्ब ६० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने यस वर्ष ४१ दशमलव ३० प्रतिशत घटेर १ अर्ब ६६ करोड ९६ लाखमा सीमित भएको छ । कम्पनीले गत वर्षको भन्दा ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १४३ दशमलव ६३ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३३ करोड ७७ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष ५७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको हो ।  त्यस्तै गत वर्ष ८ अर्ब १३ करोड ६४ लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष १९ अर्ब ८२ करोड ३० लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले धितोपत्रमा ५ करोड रूपैयाँ लगानी गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रूपैयाँ ७३ पैसा रहेको छ ।

निफ्रासहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन ५, काठमाडमौं ।  तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । शाइन रेसुङ्गा  डेभलपमेण्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको हो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१ दशमलव ०५२५ कित्ता बोनस शेयर, निफ्राको १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३० दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । अब यो बोनस शेयर सम्बन्धित शेयधनीको हितग्राही खातमा आएपछि खरीदविक्री गर्न सकिनेछ ।

एक महीनामै ५५ % बढ्यो निफ्राको शेयरमूल्य, एक हप्तामै १०० रुपैयाँ बढ्यो

माघ २, काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को शेयरमूल्य एक महीनाको अवधिमा ५५ प्रतिशत बढेको छ । पछिल्लो एक हप्ताम मात्रै बैंकको शेयरमूल्य सय रुपैयाँ बढिसकेको छ । डिसेम्बर १३ मा २६८ रुपैयाँमा किनबेच भएको कम्पनीको शेयर जनवरी १६ मा ४१५ रुपैयाँ सम्ममा किनबेच भएको छ । लामो समय ३०० रुपैयाँ मुनी बसेको कम्पनीको शेयरमूल्य पछिल्लो एक हप्तादेखि निरन्तर उकालो लागिरहेको छ ।बैंकले भारतमा विद्युत व्यापार गर्न भारतीय कम्पनीसँगै साझेदारी गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर उकालो लागेको हो । बैंकको आइतवार एक घण्टामै ११ करोड रुपैयाँ बराबरको शेयर किनबेच भइसकेको छ ।अधिकतम ४१५ रुपैयाँसम्म पुगेको बैंकको शेयरमूल्य समाचार तयार पार्दासम्म ४०४ रुपैयाँ रहेको छ । केहि समयअघि २६८ रुपैयाँ सम्म झरिसकेको बैंकको शेयरमूल्य छोटो समयमै ५५ प्रतिशतसम्म बढेर ४१५ रुपैयाँ पुगेको हो ।   सन्तुलित लगानी गरेको बैंकको वित्तीय अवस्था पनि सन्तुलित नै छ । तर बजारमा सर्वसाधारणतर्फ शेयरको आपूर्ति  धेरै रहेका कारण यसको बजार मूल्य अलिकति बढ्ने वित्तीकै विक्री चाप बढ्ने गरेको पाइन्छ । सीमित शेयर भएको कम्पनीको जसरी निफ्राको सेयर कर्नरिङ हुने सम्भावना छैन । त्यसैकारण पनि बैंकको शेयरमूल्य बढ्दा विक्री चाप बढी हाल्छ ।  २१  अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको बजार पुँजीकरण करीब ८५ अर्ब रुपैयाँ रहेको छ ।पछिल्लो एक वर्षको अवधिमा बैंकको शेयरमूल्य न्युनतम २६८ रुपैयाँ र अधिकतम ७२६ रुपैयाँ रहेको थियो ।बैंकले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर दिएको थियो ।

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य समायोजन

मंसिर ९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३३१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३५८ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा कम्पनीले बताएको छ ।

निफ्रा र मेरो माइक्रोफाईनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा र मेरो माइक्रोफाईनान्सको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ८ गते अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ८ गतेसम्म कायम लगानीकर्ताले मात्र सभामाभाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । निफ्राले मङ्सिर २९ गते अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  यस्ता छन् बैंकले  सधारणसभामा छलफल तथा निर्णयका लागि निर्धारित गरेको विषयहरु :(क) सामान्य प्रस्तावआर्थिक बर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको बासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने। कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७०/७१ को लागि वाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२०,००,00,00,000/- (रु. बीस अर्ब मात्र) को ०.४२% (शुन्य दशमलव चार दुई प्रतिशत) ले हुने रकम रु.८,४२,१०,५२७- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) कर प्रयोजननार्थ नगद लाभांस वितरण गर्न स्वीकृति प्रदान गर्ने ।विशेष प्रस्तावसंचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०७७/७५ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००/- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/- (रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर प्रदान गर्न स्वीकृति प्रदान गर्ने। बैंकको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सो हदसम्म यस बैंकको जारी तथा चुक्ता पूँजी कायम हुने गरी प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने । प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरवदल/थपघट/संशोधन/परिमार्ज गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने।सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरि २ जना संचालकको निर्वाचन गर्ने ।त्यस्तै मेरो  माइक्रोफाइनान्स मङ्सिर २४ गते शुक्रबार नुवाकोटको बट्टारमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।   कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब  रुपैयाँ रहेको छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : (क) सामान्य प्रस्तावहरू१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२.लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने।३.लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री एस एण्ड एस एसोसियट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ ।४. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १.०५२६३१६ प्रतिशतले हुन आउने नगद लाभांश रू. १०५२६,३१६/- (अक्षेरेपी एक करोड पांच लाख छब्बीस हजार तीन सय सोह्र रुपैया मात्र ।), बोनस शेयरको कर प्रयोजनका लागि दिने प्रस्तावमाथि छलफल गरी पारित गर्ने ।५ संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निवौंचन गर्ने ।(ख) विशेष प्रस्तावहरू१.सञ्चालक समितिबाट पारित भएबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रू. २००,०००,०००/- (अक्षरेपी बीस करोड मात्र ।। बराबरको बोनस शेयर जारी गर्ने ।२.वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) तथा नियमावलीको नियम ३२(१) (ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोहीबमोजिम गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।३.वित्तीय संस्थाले अन्य ईजाजतप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्न वा प्राप्ति (Merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा ।

निफ्राले ८ प्रतिशत बोनस सेयर दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य  लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधन