नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, ८.४२ % लाभांश पारित

मंसिर २९, काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक( निफ्रा) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा बुधवार अनुमप फुडल्याड एण्ड ब्याक्वेट बत्तीसपुतली, काठमाडौंमा सम्पन्न भएको हो ।  सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै सभाले २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  सभाको अध्यक्षता कम्पनीको सञ्चालक समितिका अध्यक्षसमेत रहेका अनुज अग्रवालले गरेका थिए । सो अवसरमा सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र  शंकर प्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो । त्यस्तै सभामा प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत उच्चतहका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।  सभाले सर्बसाधारण शेयरधनी समूहतर्फ सुमन पोखरेल र लिमा अधिकारी आचार्यलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

सम्बन्धित सामग्री

माउन्टेन इनर्जीको १५.७९ प्रतिशत लाभांश पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले प्रस्तावित कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले चैत १३ गते १०औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरी प्रस्तावित लाभांशलाई पारित गरेको हो ।  कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेपनि कम्पनीले ढिलो गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पनि सभाले स्वीकृति प्रदान गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न माग भए अनुसार सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिएसँगै धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने बताएको छ ।  जतिसक्दो छिटो बोनस शेयर सूचीकरण गर्ने प्रतिवद्धता समेत कम्पनीले व्यक्त गरेको छ । १५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ कायम हुनेछ ।

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधाण सभा

१३ साउन काठमाडौं । सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्न नागरिक लगानी कोषले २७औं वार्षिक साधारण सभा बोलाएको छ । ६ भदौमा कोषको केन्द्रीय कार्यालय सीआईटी भवन नयाँ बानेश्वरमा सधारण सभा हुने जनाएको छ । कम्पनीले साधारण सभामा सञ्चालक समितिले आब २०७७/७८ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनन सेयर र त्यसमा लाग्ने कर […]

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आइतवार, ७.३६८ % लाभांश पारित हुने

वैशाख ९, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा वैशाख ११ गते आइतवार हुने भएको छ । कम्पनीले सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२:३० बजे शुरु जानकारी दिएको छ। सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

क्रेडिट एन्ड कमर्स बैंकको लाभांश पारित

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।