फागुनमा थपियो ९२ करोडभन्दा बढी कित्ता धितोपत्र

काठमाडौं । धितोपत्र दोस्रो बजारमा फागुनमा मात्र ९२ करोड ४६ लाख ३ हजार ९७० कित्ता धितोपत्र थप भएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न २८ कम्पनीको धितोपत्र फागुनमा सूचीकृत भएको जानकारी दिएको हो । यो महीना सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । १९ कम्पनीको बोनस शेयर, एक कम्पनीको हकप्रद शेयर, तीन कम्पनीको मर्जर तथा प्राप्तिपछि कायम शेयर, तीन कम्पनीको साधारण शेयर (आईपीओ) र दुई कम्पनीको ऋणपत्र दोस्रो बजारमा थपिएको हो । फागुनमा साधारण शेयर जारी गरी युनिक नेपाल लघुवित्त, शुभम् पावर र सुपर मादी हाइड्रोपावर दोस्रो बजारमा प्रवेश गरेका हुन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ७ प्रतिशत ब्याजदरको ‘निफ्रा उर्जा ऋणपत्र २०८५/८६’ र बैंक अफ काठमाण्डूले जारी गरेको बिओके डिबेन्चर २०८६ ‘क’ नामको ऋणपत्र पनि फागुनमै दोस्रो बजारमा सूचीकृत भएको हो । एक कम्पनीको हकप्रद भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सूचीकृत भएको हो ।  फागुनमा धेरै कम्पनीको बोनस शेयर सूचीकृत हुँदा बजारमा विक्री चाप बढेको अनुमान ब्रोकरहरूले गरेका छन् । नयाँ कम्पनीहरू बजारमा भित्रिने क्रम निरन्तर भए पनि कम्पनीहरूको धितोपत्रमा माग बढ्न नसकेको जानकारी ब्रोकरहरूले दिएका छन् । बजार घटिरहेको अवस्थामा नयाँ कम्पनीको शेयर खरीदमा आकर्षित हुन नसक्नु स्वाभाविक भएको अनुमान उनीहरूको छ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने प्राथमिक बजारमा आईपीओ निष्कासन प्रक्रियालाई खाली नबनाई अनुमति प्रक्रियालाई निरन्तरता दिएको छ । यो प्रक्रियाले बजारमा धितोपत्रको आपूर्तिले भने निरन्तरता पाउने देखिन्छ । सूचीकृत कम्पनीहरूको मूल्य माग र आपूर्तिको आधारमा निर्धारण हुने भएकाले लगानीकर्ताले धितोपत्रको आपूर्तिसँगै माग बढ्ने खालको नीतिमा जोड दिन नियामकलाई अनुरोध गरेका छन् ।  फागुनमा नेप्सेमा धितोपत्र सूचीकृत गर्ने कम्पनी

सम्बन्धित सामग्री

नेप्सेमा थपियो हाथवे इन्भेष्टमेन्टको बोनस शेयर वापत २३ लाख ४० हजार कित्ता शेयर

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २३ लाख ४० हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वापतको उक्त शेयर बुधवार नेप्सेमा सूचीकृत गराएको हो । गत असोज २ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले पहिलो वर्षनै लगानीकर्तालाई लाभांश वितरण गरेको हो ।  गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । लाभांश वितरण सम्बन्धि प्रस्ताव कम्पनीको पुस २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाले पारित गरेको थियो । फागुन १६ गते बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएसँगै फागुन १७ गतेदेखि कारोबारयोग्य हुनेछ । सम्वन्धित शेयरधनीहरूले बोनस शेयर आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । १० प्रतिशत बोनस शेयरपछि कम्पनीको दोस्रो बजारमा सूचीकृत शेयरको संख्या २ करोड ५७ लाख ४० हजार पुगेको छ । कम्पनीले प्रतिकित्ता ५० रूपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेको हो ।

अपर तामाकोशीको हकप्रद शेयर भर्न समय थपियो

काठमाडौं, ५ असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । गत भदौ १८ गतेदेखि खुल्ला गरिएको हकप्रद शेयरको आवेदन असोज १८ गतेसम्म भर्न सकिने छ । कम्पनीले १ः१ को अनुपातमा एक सय रुपैयाँको दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर […]

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थपियो

काठमाडौं, १६ असार । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका […]

सयपत्री हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट […]

चैत महीनामा मात्र १३ करोड ९८ लाखभन्दा बढी कित्ता धितोपत्र थपियो

वैशाख १२, काठमाडौं । धितोपत्र दोस्रो बजारमा चैत महीनामा मात्र १३ करोड ९८ लाख ३९ हजार ५९४ दशमलव ५५ कित्ता धितोपत्र थपिएको छ ।  नेप्सेले सार्वजनिक गरेको चैत महीनाको सूचीकृत धितोपत्रको विवरण अनुसार सरकारी ऋणपत्र, कर्पोरेट ऋणपत्र, बोनस तथा हकप्रद शेयर र आईपीओ गरी उल्लेखित संख्यामा धितोपत्र सूचीकृत भएको हो ।  चैत महीनामा दुई करोड ५० लाख कित्ता सरकारी विकास ऋणपत्र सूचीकृत भएको छ भने कर्पोरटतर्फको सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । चैत महीनामा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ लाख ५० हजार कित्ता आईपीओ र नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर समेत सूचीकृत भएको छ । चैत महीनामा सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ ।  नेप्सेका अनुसार यो महीना २९ कम्पनीको धितोपत्र सूचीकृत भएकोमा २४ कम्पनीहरुको १० करोड ७९ लाख ७७ हजार २५६ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयरमूल्य माग र आपूर्ती बिचको सन्तुलनले निर्धारण गर्ने हुन्छ ।  चैत महीनामा बजारमा थपिएको धितोपत्रको संख्याको तुलनामा कारोबार भएको धितोपत्रको संख्या कम रहेको छ । यो महीना ९ करोड ६२ लाख ७५ हजार ८८६ कित्ता मात्र धितोपत्र खरीदविक्री भएको नेप्सेको तथ्यांकले देखाएको छ ।  चैत महीनामा मात्र दोस्रो बजारमा थपिएका धितोपत्र :                                                                 स्रोतः नेपाल स्टक एक्सचेञ्ज

सोमवार नेप्सेमा थपियो ३ करोड ७६ लाखभन्दा बढी कित्ता शेयर

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ ओटा कम्पनीहरुको ३ करोड ७६ लाख ८० हजार ७४१ दशमलव ७२ कित्ता शेयर सूचीकृत भएको छ । यो दिन नेप्सेमा बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनसीसी बैंक, आईसीएफसी फाइनान्स र हिमालयन डिष्टिलरीको बोनस शेयर सूचीकृत भएको हो । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९०, लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर बापतको ८४ लाख ५६ हजार ३०० दशमलव ५३ कित्ता, आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता, एनसीसी बैंकको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३ दशमलव ३४ कित्ता र हिमालयन डिष्टिलरीको ७५ प्रतिशत बोनस शेयर बापतको ६५ लाख ७ हजार ७६७ दशमलव ८१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

एचआईडिसीएलको हकप्रदमा अवेदन दिने मिति थपियो

काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने मिति थप गरेको छ। प्रतिकित्ता १००रुपैयाँको दरले ११ करोड कित्ता हकप्रद सेयरमा भदौ ८गतेसम्म आवेदन मिति थप गरिएको हो। जेठ२७गतेसम्म नेप्सेमा कारोबार भएका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

छिमेक लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने समय थपियो

काठमाडौं, २१ बैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामी बिक्रि आवेदन दिने समय थप भएकोे छ । बैंक अफ काठमाडुको स्वामित्वमा रहेको उक्त संस्थापक शेयर निषेधाज्ञा सकिएको पाँच दिनसम्म लिलामी खुला रहने जनाएको हो । बैंकले कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । प्रतिशेयर ६ सय रुपैयाँ निर्धारण भएको हुँदा […]