शेयरमा लगानी गर्न चाहनुहुन्छ ? ७०० रुपैयाँ सम्म पुगेका ३५ कम्पनीको शेयर मूल्य ३०० भन्दा कम !

वैशाख २०, काठमाडौं । भदौ २ गते ३२ सय विन्दु पार गरेर ऐतिहासिक रेकर्ड बनाएको नेप्से परिसूचक अहिले २३ सय विन्दु आसपासमा छ ।  परिसूचकले एतिहासिक रेकर्ड बनाउँदा ७/८ सयमाथि शेयर मूल्य पुगेका कम्पनीहरूकै शेयरमूल्य पनि अहिले ३०० रुपैयाँभन्दा तल आएको छ ।  नौ महीनाको अवधिमा बजार करीब १ हजार अंक घटेको छ । यही अवधिमा अधिकांश कम्पनीको शेयरमूल्य पनि सस्तिएको छ । व्यवसाय विस्तार र नाफा पनि राम्रो गरिरहेका कम्पनी कै पनि शेयर मूल्य अहिले ३०० रुपैयाँभन्दा तल झरेको छ ।  यसअघि शेयरमूल्य कम भएका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण भएकाले ती कम्पनीको प्रफर्मेन्स राम्रो नभएपनि शेयर मूल्य उच्चदरले बढ्न पुगेको थियो । अझ वर्षैसम्म प्रतिफल नै नदिएका कम्पनीको पनि शेयर मूल्य उच्च दरले बढेको थियो ।  कतिपय कम्पनीको शेयर मूल्य त नेप्से परिसूचक १२/१३ सय विन्दुमा हुँदाको भन्दा पनि कम रहेको छ । ती कम्पनीले प्रतिफल पनि औसतमा राम्रै दिने गरेका भएपनि शेयर मूल्य बढ्न सकेको छैन् ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत सोमवारको शेयर कारोबारका आधारमा शेयर मूल्य ३०० भन्दा कम ३५ ओटा कम्पनीको रहेको छ । उक्त दिन २०० रुपैयाँदेखि ३०० रुपैयाँको बीचमा यी कम्पनीको शेयर कारोबार भएको हो । यीमध्ये १४ ओटा वाणिज्य बैंक रहेका छन् भने बाँकी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), जलविद्युत् कम्पनी, फाइनान्स र विकास बैंक रहेका छन् ।  शेयरमूल्य ३०० रुपैयाँभन्दा कम हुने फाइनान्स कम्पनीमा समृद्धि र प्रोग्रेशिभ रहेका छन् । समृद्धि फाइनान्सको शेयरमूल्य सोमवार २७५ रुपैयाँ कायम भएको छ । त्यसैगरी प्रोग्रेशिभ फाइनान्सको भने शेयरमूल्य २९० रुपैयाँ कायम भएको छ । नेपालको एक मात्र पूर्वाधार क्षेत्रमा लागनी गर्न स्थापना भएको बैंक निफ्राको पनि सोमवार शेयरमूल्य २९५ रुपैयाँ ३० पैसा कायम भएको छ । त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि शेयर मूल्य घटेर २४७ रुपैयाँ कायम भएको छ ।  पछिल्लो समय नेप्सेमा सूचिकृत कम्पनीहरूले  बोनस शेयर वितरण गरेर शेयरमूल्य पनि समायोजन गरेका छन् । यसले पनि शेयर मूल्य घट्नमा सहयाोग पुगेको हो ।  योसँगै शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । यसले गर्दा यसअघि महँगा शेयर मूल्य भएका कम्पनीहरूको शेयरमूल्य सस्तिन पुगेको छ । दीर्घकालीन लगानी गर्ने सोच भएका लगानीकर्ताले यो समय कम्पनीको सम्पूर्ण वित्तीय विवरण र प्रफर्मेन्स हेरेर लगानी गरे आगामी दिनमा बजार बुलिस ट्रेडमा जाँदा कमाउँन सक्ने सम्भावन प्रसस्त रहेको अनुभवि लगानीकर्ता बताउँछन् ।  यसरी बजार घट्दै गएको अवस्थामा लगानीकर्ता आँत्तीन नहुँने पनि अनुभवी लगानीकर्ताको भनाइ छ । बजार घट्दै जाँदा बजारमा नयाँँ लगानीकर्ता प्रवेश कम हुने भएकाले पनि बजार थप घट्नमा मद्दत पुग्ने विश्लेषक बताउँछन् ।  त्यस्तै बजार बढ्दै गएको समयमा नयाँ लगानीकर्ता बजार प्रवेशमा उत्साही हुन्छन् । यसरी नयाँ लगानीकर्ता बुझ्दै नबुझी बजार प्रवेश गर्दा डुब्ने खतरा पनि बढी हुने गर्छ । 

सम्बन्धित सामग्री

प्रदूषण कम गर्ने केही उपाय

प्रदूषणका कारण मानिसमा विभिन्न समस्या देखिन्छन् । तर, जीवनमा थोरै परिवर्तन ल्याएर यसको असर कम गर्न सकिन्छ । हामीले टेकेको धर्तीसँग हाम्रो जीवन जोडिएको हुनाले यसको रक्षाका लागि हामीले केही...

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

कञ्चनपुरमा लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन

कञ्चनपुरमा भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। गत आर्थिक वर्ष ०७९/०८० मा पनि लक्ष्यभन्दा कम भन्सार संकलन भएको हो। भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार...

कम्मर दुखाइ कम गर्न यी योगासन

- मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसनहरू गरेर यसलाई कम गर्न सक्छौँ । भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ ।  - त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम...

मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको […]

कम हुन थाले डेंगुका बिरामी

जाडोयाम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीको संख्या कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडोयाम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

रक्तचाप कम भए वेवास्था नगर्नुहोस्, हृदयघात हुन सक्छ

एजेन्सी, २७ भदौ । यदि तपाईको रक्तचाप प्रायः कम भइरहन्छ भने यस्तो अवस्थालाई हल्का रूपमा लिनु हुँदैन। यदि रक्तचाप धेरै कम छ भने, हृदयघात देखि अंग विफलता जस्ता खतरनाक अवस्थाहरू उत्पन्न हुन सक्छन् । कम रक्तचाप कम रक्तचाप वा कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन भनिन्छ। यदि कुनै व्यक्तिको रक्तचाप रिडिङ ९० र ६० भन्दा कम […]

साताको संक्रमण दर एक प्रतिशतभन्दा कम

विश्वबाट वर्तमान कोरोना प्यान्डेमिक निर्मूल हुने क्रममा हाल यस संक्रमण निकै कम देशमा सीमित भइसकेको छ। विश्वका अधिकांश देशमा दैनिक संक्रमण दर ५% भन्दा कम भइसकेको छ जुन प्यान्डेमिक कालमा डब्लुएचओको मापदण्डभन्दा कम अर्थात् मापदण्डभित्र पर्छ। दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी ५% भन्दा कम हुनु प्यान्डेमिक नियन्त्रण मानिन्छ भने ३०% माथि हुनु अति उच्च संक्रमण […]

मेडिकेसन इरर के हो? कसरी कम गर्ने?

फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० भनिने सुगर कम गर्ने औषधि दिएछन्।

कञ्चनपुरमा पूर्वसूचनाले क्षति कम

दुर्गा उपाध्यायकञ्चनपुर । प्राकृतिक विपत्ति सम्बन्धि पूर्व सूचना दिने प्रविधिले कञ्चनपुरमा बाढीबाट हुने जनधनको क्षति निकै कम भएको छ । गत शुक्रबार दोदा नदीमा आएको बाढीका बारेमा स्थानीयले पूर्व सूचना पाएकाले आवश्यक तयारी गर्न भ्याउँदा निकै कम मात्रै क्षति भएको हो । गत शुक्रबार मध्यरातमा कञ्चनपुरको पुर्नवास नगरपालिका– ५ सिमरीका दिनदयाल रानालाई आफन्तको फोन आयो […]