काठमाण्डाै – नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणलाई टुङ्गो लगाउने भएको छ । नेपाली कांग्रेसको पार्टीभित्रको आन्तरिक समायोजनलगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुङ्गो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिनुभयो ।
आइतवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठक कार्यतालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा ...