कांग्रेस पदाधिकारी बैठक - क्रियाशील सदस्यता विवाद शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने

काठमाण्डाै – नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुङ्ग्याउने निर्णय गरेको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई पार्टीका शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने निर्णय गरेको हो ।विवादित विषयलाई पाँच दिनभित्र शीर्ष नेताले टुङ्ग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,&nbs...

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै साउन १२ गतेदेखि शुरु हुन लागेको अधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गरेको थिय

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । शनिवार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । साउन १२ गते वडा अधिवेशन तय भएपनि क्रियाशील सदस्यता टुंगो नलागेकाले अधिवेशन सर्ने देखिएको छ । क्रियाशील सदस्यता विवाद समाधान र वडा अधिवेशनको मिति हेरफेरबारे बैठकमा छलफल हुने जनाइएको छ ।