काठमाडाैं : नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ।अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो। बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाए