काठमाडौँ। संसदको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रतिवेदन तयार भइसकेको बताएका छन्। सांसद विश्वकर्माले जबरामाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको जानकारी दिएका हुन्।