बैतडी : तिहारलाई मध्यनजर गर्दै प्रहरीले नाकामा कडाइ गरेको छ। यस्तै‚ पटाका आयात र बिक्री तथा जुवातास खेलमा निगरानी बढाएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार भारतबाट पटका आयात हुने भएकाले सीमानाका झुलाघाटलगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो। पटाका ओसारपसार, किनबेच र पड्काउने सबैलाई कारवाही गरिने उनले बताए।चाडपर्वका नाममा रमाइलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र स्वास्थ्यमा समेत असर