भरतपुर महानगरपालिकाले वडा नम्बर १९ शारदानगरमा १५ शय्याको कोभिड अस्पताल स्थापना गरी आइतबारबाट सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो । अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्घाटन गरिन् ।पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर १९ को शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसी लागेको महानगरका प्रमुख दाहालको भनाइ थियो । अहिल