२ उपमहानगर र दर्जनौं स्थानीय तह बजेटविहीन

संघीय सरकारको बजेट पारित भएकै दिन देशभरका स्थानीय तहले बजेट ल्याएका छन् । ७५३ स्थानीय तहमध्ये सबै महानगरपालिकाले बजेट ल्याए पनि २ उपमहानगरपालिकासहित दर्जनौं स्थानीय तहले भने मंगलबारसम्म बजेट ल्याउन सकेनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम स्थानीय तहले असार १० गते भित्र स्थानीय तहको सभामा आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने नियम छ । वीरगन्ज महानगरले भने सोमबार नै बजेट सार्वजनिक गरिसकेको छ । बाँकी ५ महानगरसहित ९ उपमहानगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका हुन् ।

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : काँग्रेसले तोड्यो एमालेको रेकर्ड

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो ।  यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा काँग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थिय

दाङमा एमालेले स्थानीय तह गुमाउँदै, काँग्रेस र माओवादीले थप्दै

दाङमा घोराही, तुलसीपुर उपमहानगर र लमही नगरपालिकासहित दश स्थानीय तह छन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ६ स्थानीय तह जितेको थियो। नेपाल काँग्रेसले तीन र नेकपा माओवादीले एक स्थानीय तह जितेका थिए। यस निर्वाचनमा भने दाङमा फरक परिदृश्य देखिने भएको छ।एमालेले यसअघि निर्वाचनमा घोराही, तुलसीपुर उपमहानगर, लमही नगरपालिका, बबई, दंगीशरण र गढवा गाउँपालिका जितेको थियो। नेपाली काँग्रेसले राजपुर, शान्तिनगर र राप्ती गाउँपालिका जितेको थियो। माओवादी केन्द्रले भने बंगलाचुली गाउँपालिका मात्रै जितेको थियो। यस निर

बुटवल उपमहानगरमा कांग्रेसको अग्रता

स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता...

स्थानीय तह निर्वाचन : अझै आएन उम्मेदवारी दर्ताको पूर्ण विवरण

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भएको उम्मेदवारी मनोनयनको पूर्ण विवरण अझै प्रकाशन गर्न सकेको छैन। आयोगको पछिल्लो विवरणअनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा डेढ लाखभन्दा बढीको उम्मेदवारी परेको छ। कुल ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको हो।यो संख्या मंगलबार बेलुकी ९ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ।विवरणअनुसार नगर\उपमहानगर\महानगर प्रमुखमा ३ हजार ४६६ र उपप्रमुखमा २ हजार १३६ जनाको उम्मेदवारी परेको छ। गाउँ

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन्। शनिबार एमाले  उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारु मगरबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष…

एमाले घोराहीले सार्वजनिक गर्‍यो संकल्प पत्र

९ वैशाख, दाङ । नेकपा एमाले घोराही उपमहानगर कमिटीले स्थानीय तह निर्वाचनको संकल्प पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले पोलिटव्युरो सदस्य नरुलाल चौधरीले आसन्न स्थानीय तह निर्वाचनको लागि पार्टीको तर्फबाट संकल्प पत्र सार्वजनिक गरेका हुन् । ‘हाम्रो प्रतिवद्धता शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार, समुन्नत, सीप र सुशानयुक्त घोराही नगर’ नारासहित एमालेले घोराहीको संकल्प पत्र […]

स्थानीय तह निर्वाचन : चर्चामा दाङका दुई उपमहानगर

दुईवटा उपमहानगरपालिका भएको दाङमा स्थानीय निर्वाचनलाई निकै चासोका साथ हेरिन्छ। प्रभावशाली नेताहरु माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, एमालेका महासचिव शंकर  पोखरेल, कांग्रेस दिवंगत नेता खुमबहादुर खड्काको जिल्ला भएकाले पनि यहाँको...

स्थानीय तह निर्वाचन : गाउँ पसे दलहरु

काठमाडौं । दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्यो। कांग्रेसले त्यो बेला जिल्लामा आफ्नो बिरासत् गुमेको महसुस गर्‍यो। कारणस् पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी कांग्रेसको पक्षमा देखिएको थियो। आसन्न स्थानीय तहको […]

१३५ स्थानीय तह निमित्तको भरमा

वीरगन्ज महानगर, आठ उपमहानगर, ४५ नगरपालिका र ८० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । तर, वीरगन्ज महानगरपालिका प्रशासनको नेतृत्व नौ महिनादेखि उपसचिव प्रदीपकुमार निरौलाले...