काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भएको उम्मेदवारी मनोनयनको पूर्ण विवरण अझै प्रकाशन गर्न सकेको छैन। आयोगको पछिल्लो विवरणअनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा डेढ लाखभन्दा बढीको उम्मेदवारी परेको छ। कुल ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको हो।यो संख्या मंगलबार बेलुकी ९ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ।विवरणअनुसार नगर\उपमहानगर\महानगर प्रमुखमा ३ हजार ४६६ र उपप्रमुखमा २ हजार १३६ जनाको उम्मेदवारी परेको छ। गाउँ