कलैया उपमहानगर : गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति र एमालेबाट जिल्ला अध्यक्ष भिड्दै

स्थानीय तह निर्वाचनमा कलैया उपमहानगर प्रमुखमा पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो पालिकाको प्रमुख र उपप्रमुख दुवै पद काँग्रेसले जितेको थियो ।गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका राजेश राय यादव उपमहानगर प्रमुखमा उम्मेदवार छन् । उनी काँग्रेसका बारा जिल्ला सभापति पनि हुन् । उपमहानगरमा उनी दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।कलैया उपमहानगरमा यसअघिको निर्वाचनमा पनि काँग्रेसका राजेश राय यादवले जितेका थिए