दाङमा घोराही, तुलसीपुर उपमहानगर र लमही नगरपालिकासहित दश स्थानीय तह छन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ६ स्थानीय तह जितेको थियो। नेपाल काँग्रेसले तीन र नेकपा माओवादीले एक स्थानीय तह जितेका थिए। यस निर्वाचनमा भने दाङमा फरक परिदृश्य देखिने भएको छ।एमालेले यसअघि निर्वाचनमा घोराही, तुलसीपुर उपमहानगर, लमही नगरपालिका, बबई, दंगीशरण र गढवा गाउँपालिका जितेको थियो। नेपाली काँग्रेसले राजपुर, शान्तिनगर र राप्ती गाउँपालिका जितेको थियो। माओवादी केन्द्रले भने बंगलाचुली गाउँपालिका मात्रै जितेको थियो। यस निर