एनसीसी बैंकको नाफा २७ प्रतिशत बढ्यो, सञ्चालन नाफा मात्रै १ करोड २५ लाख

२८ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा २७ प्रतिशतले बढेको छ । बैंकको नाफा १६ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा भने लगभग ९२ प्रतिशतले घटेको छ । यो …

सम्बन्धित सामग्री

दिउँसो ४ः५२ देखि ५ः२४ बजेसम्म सूर्य ग्रहण लाग्ने

काठमाडौं। आज दिउँसो ४ः५२ देखि ५ः२४ सम्म सूर्य ग्रहण लाग्नेछ। निर्वाचनको लागि १ करोड ८७ लाख ५० हजार मतपत्रको छपाई सम्पन्न गरिएको छ। आज यमपञ्चकको चौथो दिन गाईपूजा गरिदैछ। लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत भएको छ। सिद्धार्थ बैंकको नाफा ४७ प्रतिशतले घटेको छ।

इम्पेरिमेण्ट चार्ज घटेसँगै महालक्ष्मी विकास बैंकको नाफा ७६.९७% बढ्यो

वैशाख ६, काठमाडौं । महालक्ष्मी विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७६ दशमलव ९७ प्रतिशत  वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ४० करोड ३६ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७१ करोड ४२ लाख पुगेको हो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको इम्पेरिमेण्ट चार्ज घटि सञ्चालन नाफामा वृद्धि भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १५ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको इम्पेरिमेण्ट चार्ज गत आवको तेस्रो त्रैमाससम्ममा रू. २७ करोड ३२ लाख रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १५ लाख ७९ हजारमा झरेको छ ।  सोही कारण कम्पनीको सञ्चालन नाफा ८० दशमलव २४ प्रतिशत वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो । त्यसैगरी कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १० रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. २३ दशमलव ७४ पुगेको छ ।  त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब ७५ करोड र रिटेण्ड अर्निङमा रू. ४८ करोड ७९ लाख सञ्चित गरेको छ । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा ४५ करोड ८३ लाख रहेको छ । सोही अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव २७ गुणा, प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव शून्य ४ र तरलता अनुपात २४ दशमलव ५ प्रतिशत रहेको छ ।

७६.९८ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, वितरणयोग्य कति ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको खुद नाफा ७६.९८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४० करोड ३६ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफा बढेर ६९ करोड ५७ लाख पुगेको छ। यस अवधिमा बैंकको खुद नाफा आम्दानी १५.६४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा ४५ करोड ८३ लाख रहेको छ ।समिक्षा अवधिमा बैंकको निक्षेप ८.२१ प्रतिशतले बढेर ४१ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह २६.५१ प्रतिशतले बढेर ३८ अर्ब ८ करोड पुगेको छ । खराब कर्जा असुल भई बैंकको प्रोभिजन फिर्ता भएसंगै बैंकको खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ करोड ३२ लाख प्रोभिजन गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो रकम १५ लाख मात्र कायम रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा ४.४४ प्रतिशतबाट घटेर २.८९ प्रतिशत कायम भएको छ।४ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब २४ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३.७४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५६.४ रुपैयाँ रहेको छ ।

महालक्ष्मी विकास बैंकको नाफा ३१.५५ प्रतिशतले वृद्धि

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३१.५५ प्रतिशतले नाफा बढाएको छ । बैंकले ६ महिनामा ४५ करोड ६२ लाख नाफा गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको […]

महालक्ष्मी विकास बैंकको नाफा ३१.५४ % ले बढ्यो, खराब कर्जामा सुधार

माघ ८, काठमाडौं । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको पौष मसान्तसम्ममा कम्पनीले ४५ करोड ६२ लाख रुपैयाँ खुदनाफा कमाएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशतले बढी रहेको छ ।  समिक्षाअवधिमा कम्पनीको निक्षेप ४३ अर्ब १ करोड रुपैयाँ तथा कर्जा ४० अर्ब रुपैयाँ पुगेको छ । यस आर्थिक वर्ष कम्पनीले सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनी यसवर्षदेखि बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरि गत आर्थिक वर्षको पौष मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी कम्पनीले खुद सञ्चालन मुनाफा ६८ करोड रुपैयाँ आर्जन गरेको छ । समिक्षाअवधिमा कम्पनीले उल्लेख्य रुपमा खराब कर्जा घटाई  गत वर्षको ४ दशमलव ७९ प्रतिशतको खराब कर्जालाई २ दशमलव ८९ प्रतिशतमा झारेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात१९ दशमलव ६० गुणा, प्रतिशेयर नेटवर्थ १७८ दशमलव ४० रुपैयाँ, तरलता अनुपात २५ दशमलव ४१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीलाई २१ द्यशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

vहिमालयन बैंकको नाफा १५.४ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा हिमालयन बैंकको नाफा १५.०४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

सिभिलले राइट ब्याक गरेर नाफा बढायो, गैर सञ्चालन आम्दानीले लक्ष्मी नाफामा

२० कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा लगभग ७ गुणाले बढेको छ । बैंकको नाफा ११ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा ऋणत्मक नै रहेको छ । यो १३ …

जनताका उच्च कर्जा लगानी, एनआइसीको नाफा १ करोड बढ्यो

१७ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा एनआइसी एशिया बैंकको नाफा करिब ६.७५ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा २७ करोड ८६ लाख पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा ९.५१ प्रतिशतले बढेर ३५ …