जनताका उच्च कर्जा लगानी, एनआइसीको नाफा १ करोड बढ्यो

१७ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा एनआइसी एशिया बैंकको नाफा करिब ६.७५ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा २७ करोड ८६ लाख पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा ९.५१ प्रतिशतले बढेर ३५ …

सम्बन्धित सामग्री

चैत मसान्तसम्ममा स्वस्तिक लघुवित्तले कमायो रू. १ करोड १० लाख नाफा

वैशाख १८, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड १० लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २० प्रतिशत वृद्धि भएको हो ।   गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९१ लाख ७० हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा वृद्धि भएकाले र  रू.४१ लाख ९१ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ३ करोड ४६ लाख रहेको छ । गत आवमा कम्पनीको जगेडा कोष रू. ६८ लाख ५६ हजार ऋणात्मक रहेकोमा चालू आवमा सुधारिएर रू. २ करोड ८८ लाख धनात्मक भएको छ ।  चालू आवमा कम्पनीले रू. ४४ करोड ६६ लाख सापटि लिएर, रू.१६ करोड ३८ लाख निक्षेप संकलन गरेर रू. ६६ करोड ४५ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशलमव १० प्रतिशत रहेकोमा चालू आवमा १ दशमलव २८ कायम भएको छ।

आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तले कमायो रू. १ करोड ३८ लाख नाफा

माघ २८, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ३८ लाख नाफा कमाएको छ ।  कम्पनी गत आवको दोस्रो त्रैमाससम्म रू. १० लाख ३७ हजार ऋणात्मक थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा सुधार आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४३ लाख पुगेको हो ।  त्यसैगरी, गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. १० लाख ८९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. २ करोड २० लाख धनात्मक भएको छ । त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ७३ करोड सापटी लिएर, रू. २४ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ९९ करोड कर्जा लगानी गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि गरेको छ ।  कम्पनीले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ भने हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन ।  आवश्यक प्रक्रिया पूरा गरेर बोर्डमा निवेदन दिएर स्वीकति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

मानुषी लघुवित्तको नाफा रू.१ करोड ५१ लाखभन्दा बढी

माघ १७, काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५१ लाखभन्दा बढी नाफा कमाएको छ ।गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी रू. ४६ लाख ५५ हजार नोक्सानीमा रहेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम  रकम छुट्याउँदा सञ्चालन नाफा वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ९ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ८ लाख ९६ हजार छुट्याएको थियो ।  चुक्तापूँजी रू. १० करोड ९३ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ४ करोड ८१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले  रू. ४९ करोड २३ लाख सापटि लिएर, रू. ७१ करोड ३ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १३ दशमलव शून्य ३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर ३ दशमलव ६९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.२७ दशमलव ६७, तरलता अनुपात ५७ दशमलव ८३ गुणा,तरलता अनुपात ३ दशमलव शून्य ८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४३ दशमलव ९९ रहेको छ ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

६ महीनामा स्वाभिमान लघुवित्त रू. १ करोड २० लाख खराब कर्जा उठाउन सफल

माघ १४, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास) सम्ममा रू. १ करोड २० लाख  खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९८ लाख ५६ हजार खराब कर्जा उठाएको थियो ।  त्यसैगरी, कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड १९ लाखमा सीमित भएको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम व्यवस्थामा रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थापमा रू. ८९ लाख २२ हजार छुट्याएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख रहेको छ भने जगेडामा रू. ५ करोड ३४ लाख सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २५ करोड सापटी लिएर, रू. ५९ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८९ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६, मूल्य आम्दानी अनुपात ५६ दशलमव ३३ गुणा, तरलता अनुपात १४ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८७ रहेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक रू. १ करोड ६३ लाख नोक्सानीमा

माघ १०, काठमाडों । कर्णाली डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ६३ लाख ९६ हजार नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ८३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।  कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ करोड ४३ लाख ३६ हजार थियो ।  त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ अर्ब ५२ करोड  ७४ लाख २८ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब २३ करोड ९५ लाख७९ हजार कर्जा लगानी गरेको हो । चुक्तापूँजी रू. ५० करोड २८ लाख ३० हजार रहेको कम्पनीले जगेडामा रू. ५ करोड ३१ लाख २७ हजार, रिटेन्ड अर्निङमा रू. ४ करोड ४ लाख ५३ हजार र शेयर प्रिमियममा रू. १२ लाख ५२ हजार सञ्चित गरेको छ ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा पनि रू. ५ करोड ३५ लाख ४३ लाख ऋणात्मक रहेको छ ।

झिनो अंकले बढ्यो बैंक अफ काठमाण्डूको नाफा, प्रतिसेयर आम्दानीमा भने गिरावट

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले चालु आर्थिक वर्षको ३ महिनामा २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १४ लाख खुद नाफा कमाएको थियो ।चालु आर्थिक वर्षको प्रथम त्रैमासको बैंकको नाफा गत वर्षको प्रथम त्रैमासको तुलनामा १ करोड ६ लाखले बढी हो । बैंकको वितरणयोग्य नाफा २ करोड ९२ लाख रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी ७९ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकको खुद व्याज आम्दानी ७६ करोड ९९ लाख रुपैयाँ थियो ।नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत वर्ष ११.३० रुपैयाँ रहेको बैंकको ईपीएस यस वर्ष १०.५० रुपैयाँमा झरेको छ । प्रथम त्रैमासमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

स्वस्तिक लघुवित्तले कमायो रू. १ करोड ९० लाख नाफा

भदौ ६, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको  छ ।  उक्त वित्तीय विववरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. १ करोड ९० लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३० लाख २९ हजार नोक्सानी व्यहोरेको थियो ।  गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले,सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ४८ लाख ९२ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३०५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ करोड २० लाख रहेको छ ।  जगेडाकोष भने रू. ६८ लाख ५६ हजार ऋणात्मक रहेको छ ।  त्यसैगरी कम्पनीले गत आवमा रू. ४५ करोड ९६ लाख ३९ हजार सापटि लिएर रू. १० करोड ८५ लाख ८१ हजार निक्षेप संकलन गरेर रू. ५६ करोड १७ लाख ५७ हजार कर्जा लगानी गरेको छ ।  यस स्वस्तिक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने तयारी गरिरहेका छन् । एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव दुवै कम्पनीको सभाले गत जेठ ११ गते पारित गरेको थियो ।

निषेधाज्ञाकै एक महिनामा कुन बैङ्कले कति बिजनेस गरे ?

निषेधाज्ञामै बैङ्कहरुले राम्रै व्यवसाय गरिरहेको देखिन्छ । निषेधाज्ञाकै बीचमा नेपाल बैङ्कर्स संघको प्रतिवेदन अनुसार ३५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ३५ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । संघको तथ्यांक अनुसार जेठ मसान्तसम्म वाणिज्य बैङ्कहरुले ३९ खर्ब ९१ अर्ब १ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ३६ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । सो अवधिमा ६ वटा बैङ्कको निक्षेप र ४ वटा बैङ्कको कर्जा प्रवाह घटेको छ । एक महिनाको अवधिमा प्रभु र एनआईसी एशिया