माघ ८, काठमाडौं । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको पौष मसान्तसम्ममा कम्पनीले ४५ करोड ६२ लाख रुपैयाँ खुदनाफा कमाएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशतले बढी रहेको छ ।
समिक्षाअवधिमा कम्पनीको निक्षेप ४३ अर्ब १ करोड रुपैयाँ तथा कर्जा ४० अर्ब रुपैयाँ पुगेको छ । यस आर्थिक वर्ष कम्पनीले सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनी यसवर्षदेखि बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरि गत आर्थिक वर्षको पौष मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी कम्पनीले खुद सञ्चालन मुनाफा ६८ करोड रुपैयाँ आर्जन गरेको छ ।
समिक्षाअवधिमा कम्पनीले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत वर्षको ४ दशमलव ७९ प्रतिशतको खराब कर्जालाई २ दशमलव ८९ प्रतिशतमा झारेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात१९ दशमलव ६० गुणा, प्रतिशेयर नेटवर्थ १७८ दशमलव ४० रुपैयाँ, तरलता अनुपात २५ दशमलव ४१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीलाई २१ द्यशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।