धरानमा विमानस्थल निर्माण सम्भव नरहेको क्यानको निष्कर्ष
धरानमा बनाउने भनिएको विमानस्थल निर्माण नहुने भएको छ । धरान विमानस्थल निर्माण गर्न आर्थिक एवं प्राविधिक रूपमा फिजिबल नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निष्कर्ष निकालेको हो । धरानमा विमानस्थल निर्माणका लागि पर्यटनमन्त्री...
काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले सूचना निकालेर धरानमा विमानस्थल उपयुक्त नरहेको जानकारी गराएको हो । प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुने उल्लेख छ […]
काठमाडौं,१५ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बन्न नसक्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फायर भएका छन् । प्राधिकरणले साम्पाङको मागपछि विमानस्थल निर्माणबारे अध्ययन समिति बनाएको थियो। तर विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने देखिएपछि असम्भव रहेको निष्कर्ष निकालेको छ। ‘तराई तथा भित्री मधेशमा […]
पर्यटकीय शहर धरानमा विमानस्थल निर्माण गर्नुपर्ने माग गर्दै आएका स्थानीयबासीको प्रयास १० वर्षपछि पूरा हुने भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आइतवार सैद्वान्तिक निर्णय गरेपछि यहाँ विमानस्थल निर्माण हुने निश्चित भएको हो ।
धरान नगरपालिका–१७ को डाँडाघोपामा विमानस्थल निर्माण गर्न २०६० सालमा निजीक्षेत्रको कम्पनी यति इन कर्पाेरेटले ७ बिगाहा ३ कठ्ठा ५ धुर जग्गा खरीद गरेको थियो । धरान नगरपालिकासँगको साझेदारीमा निर्माण गर्ने तत्कालीन सो कम्पनीको योजना त्यसबेला सरकारले अनुमति नदिएका कारण अधुरो रहेको थियो ।
निजीक्षेत्रलाई विमानस्थल निर्माण गर्न दिने सरकारको हवाई नीति नभएका कारण योजना अघि बढ्न सकेको थिएन । त्यसबेला विमानस्थल निर्माणका लागि नगरपालिका, राजनीतिक दल, सरोकारवाला संघ–संस्था र स्थानीय व्यक्तिहरूले सरकारी निकायमा पहल गर्दै आएका थिए ।
केही महीनाअघि पर्यटन तथा मन्त्रालयले सो स्थानमा विमानस्थल निर्माण गर्नेबारे अध्ययन गर्न टोली पठाएको थियो । मन्त्रालयले खटाएको प्राविधिक टोलीले त्यहाँ विमानस्थल निर्माण गर्न उपयुक्त हुने प्रतिवेदनसँगै लागत अनुमानसमेत तयार पारी मन्त्रालयमा पेश गरेको थियो । गत फागुनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टमगरले विमानस्थल निर्माण गर्ने प्रस्तावित स्थलको अवलोकनसमेत गरेका थिए । गत आइतवार धरानमा विमानस्थल निर्माण गर्न सकिने विषयमा नागरिक उड्डयन प्राधिकरणलाई नीतिगत र सैद्वान्तिक अनुमति दिएको धरान विमानस्थल सरोकार समितिले जानकारी दिएको छ ।
वर्ष ६, अंक २३०, शुक्रवार, २२ वैशाख, २०६९
धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित बिहीबार बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण
धरान २१ मङ्सिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत […]
प्राविधिक र व्यावसायिक दृष्टिले सम्भव नदेखिए पनि जग्गा व्यापारी र राजनीतिज्ञको ‘कनेक्सन’ का कारण धरानमा विमानस्थल निर्माणको विषय पटक–पटक चर्चामा आउने गर्छ । तत्काललाई यो विवाद किनारा लगाउने जिम्मेवारी प्राधिकरणको अध्ययन समितिले पाएको छ ।
धरानमा विमानस्थल निर्माण योजनाका लागि जग्गा दिएकाहरुले फिर्ता माग्न थालेका छन् । निर्माण योजना नै अघि नबढेपछि जग्गादाताहरुले आफूहरु ठगिएको जग्गा मागेका हुन् । यती इन्कर्पोरेट प्रालिसँग धरान–१७ डाँडाघोपाका जग्गाधनीहरुले दुई दशकअघि सामाजिक करार सम्झौताअनुसार जति मूल्यमा किनेको हो त्यति नै मूल्यमा आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गरेका छन् ।
धरान उपमहानगरपालिकामा १४ वर्ष अगाडि विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको भएपनि त्यसले मूर्त रुप लिन सकेको छैन । सरोकार राख्ने निकायको उदासीनका कारण विमानस्थल बनाउने योजना काजगमै सीमित भएको हो । चौध वर्षदेखि धरान १७ डाँडाघोपामा ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने १८ विघा क्षेत्रफलमा विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो…