काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले सूचना निकालेर धरानमा विमानस्थल उपयुक्त नरहेको जानकारी गराएको हो । प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुने उल्लेख छ […]