धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित बिहीबार बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: धरानमा विमानस्थल निश्चित

पर्यटकीय शहर धरानमा विमानस्थल निर्माण गर्नुपर्ने माग गर्दै आएका स्थानीयबासीको प्रयास १० वर्षपछि पूरा हुने भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आइतवार सैद्वान्तिक निर्णय गरेपछि यहाँ विमानस्थल निर्माण हुने निश्चित भएको हो । धरान नगरपालिका–१७ को डाँडाघोपामा विमानस्थल निर्माण गर्न २०६० सालमा निजीक्षेत्रको कम्पनी यति इन कर्पाेरेटले ७ बिगाहा ३ कठ्ठा ५ धुर जग्गा खरीद गरेको थियो । धरान नगरपालिकासँगको साझेदारीमा निर्माण गर्ने तत्कालीन सो कम्पनीको योजना त्यसबेला सरकारले अनुमति नदिएका कारण अधुरो रहेको थियो । निजीक्षेत्रलाई विमानस्थल निर्माण गर्न दिने सरकारको हवाई नीति नभएका कारण योजना अघि बढ्न सकेको थिएन । त्यसबेला विमानस्थल निर्माणका लागि नगरपालिका, राजनीतिक दल, सरोकारवाला संघ–संस्था र स्थानीय व्यक्तिहरूले सरकारी निकायमा पहल गर्दै आएका थिए । केही महीनाअघि पर्यटन तथा मन्त्रालयले सो स्थानमा विमानस्थल निर्माण गर्नेबारे अध्ययन गर्न टोली पठाएको थियो । मन्त्रालयले खटाएको प्राविधिक टोलीले त्यहाँ विमानस्थल निर्माण गर्न उपयुक्त हुने प्रतिवेदनसँगै लागत अनुमानसमेत तयार पारी मन्त्रालयमा पेश गरेको थियो । गत फागुनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टमगरले विमानस्थल निर्माण गर्ने प्रस्तावित स्थलको अवलोकनसमेत गरेका थिए । गत आइतवार धरानमा विमानस्थल निर्माण गर्न सकिने विषयमा नागरिक उड्डयन प्राधिकरणलाई नीतिगत र सैद्वान्तिक अनुमति दिएको धरान विमानस्थल सरोकार समितिले जानकारी दिएको छ । वर्ष ६, अंक २३०, शुक्रवार, २२ वैशाख, २०६९

धरानमा विमानस्थल बनाउन अध्ययन शुरु

तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ ।

धरानमा विमानस्थल बनाउन अध्ययन शुरु

तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ ।

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

धरान २१ मङ्सिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत […]