धरान विमानस्थलका लागि डाँडाघोपावासीले यतीलाई दिएका जग्गा फिर्ता मागे

धरानमा विमानस्थल निर्माण योजनाका लागि जग्गा दिएकाहरुले फिर्ता माग्न थालेका छन् । निर्माण योजना नै अघि नबढेपछि जग्गादाताहरुले आफूहरु ठगिएको जग्गा मागेका हुन् । यती इन्कर्पोरेट प्रालिसँग धरान–१७ डाँडाघोपाका जग्गाधनीहरुले दुई दशकअघि सामाजिक करार सम्झौताअनुसार जति मूल्यमा किनेको हो त्यति नै मूल्यमा आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गरेका छन् ।

सम्बन्धित सामग्री

धरान एयरपोर्ट जग्गा विवाद: फिर्ता माग्दैमा दिन सकिँदैन : यती इन्कर्पोरेट

विमानस्थल नबन्ने भएपछि जग्गा फिर्ता दिनुपर्ने माग गरिरहेका पुराना जग्गाधनीलाई यती इन्कर्पोरेट प्रालिले अदालत जान  चुनौती दिएको छ । विमानस्थल निर्माणका लागि कम्पनीले दुई दशकअघि धरान-१७ डाँडा घोपामा २४ जनासँग ६ बिघा ४ धुर जग्गा खरिद गरेको थियो ।

एयरपोर्ट नबन्ने भएपछि जग्गा फिर्ता गर्न माग

धरान उपमहानगरपालिकामा भएको छलफलमा स्थानीय एवं पुर्वजग्गाधनीहरुले यतिसँगको लिखित सम्झौता वमोजिम एयरपोर्ट नबन्ने भए जग्गा फिर्ता हुनुपर्ने माग गरेका हुन्।...

मिटरब्याजको फन्दाः सप्तरीबाट आएका पीडितहरुले धरान उपमहागनर र वडामा दिए निवेदन

चर्को ब्याजमा ऋण लिएर चुक्ता गरिसके पनि साहुबाट जग्गा फिर्ता नपाएका सप्तरीका पीडितहरुले धरान उपमहागनरपालिका र १९ नम्बर वडा कार्यालयमा निवेदन दिएका छन्।...

तीन वर्षअघि निर्माण सम्पन्न भएको इनरुवा बसपार्क अझै सञ्चालनमा आएन

पुस २१, सुनसरी । करीब तीन वर्षअघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवा स्थित बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन ।  संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै विरोध स्वरुप इनरुवा नगरपालिकाले बसपार्क सञ्चालन गर्न नमानेपछि करीब तीन वर्षदेखि अलपत्र बनेको छ ।  इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ ।  अहिले बसपार्कमा लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीहरुले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रुपमा परिणत भएको छ । बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका मात्रै नभइ बराहक्षेत्र, इटहरी, धरान, विराटनगर र सप्तरी सम्मको टिकटकरहरुले टिकटक र युटुबरहरु भिडियो बनाउन आउने गरेका छन् । कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पुस २५ गते तत्कालिन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।  कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिलेनै करीब १० करोड रुपैयाँको हाराहारीमा इनरुवा बसपार्कको निर्माण सम्पन्न गरेको थियो । इनरुवा नगरपालिका ५ का वडाध्यक्ष अन्जनी पोखरेलको अध्यक्षतामा बसपार्क सञ्चालन समिति गठन भएको थियो अहिले समिति पनि नेतृत्व बिहिन बनेको छ ।  तीन वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन नहुँदा जग्गादाता सहित स्थानीयहरु पनि आक्रोशित बनेका छन् । बसपार्क सञ्चालनका लागि निःशुल्क जग्गा दिएका स्थानीय रमेश श्रेष्ठले जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । बसपार्क सञ्चालनका लागि उनले निःशुल्क रुपमा ५ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । उनले बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सबै जग्गादाताहरुसँग सल्लाह गरेर फिर्ता लिनुपर्ने बाध्यता आउने उनले बताए । बसपार्क सञ्चालन गर्ने नगरपालिकाको मनशाय नरहेको उनको आरोप छ ।  शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकोले विरोधस्वरूप बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले आनाकारी गरिरहेको छ ।  इनरुवा नगरपालिकाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब बराबरको रकम पाउनु पर्नेमा टेण्डर १ अर्ब ८० करोडमा मात्रै भए पछि बाँकीको रकम २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउने मेयर मेहताले बताउँदै आएका छन् ।

महेन्द्र क्याम्पस जग्गा प्रकरण : भुमिसुधार विरुद्ध अदालतमा पुनरावेदन

पुस १९, धरान । जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । करीब २० वर्ष अघि मृत्यु भएका मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा गत असोज २५ गते मोही हक नामसारी गरिदिने भुमिसुधारले निर्णय गरेको थियो । भुमाफियाहरुले क्याम्पसको जग्गा हडप्न चलखेल गरेको आरोप लगाउँदै क्याम्पसले भुमिसुधार विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको हो ।  क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधवार पुनरावेदन गरिएको हो । पहिलो तारिख माघ २ गते पाएको पनि उनले बताए । क्याम्पस प्रमुख भण्डारीले पुस १४ गते पुनरावेदन गरेपछि पहिलो तारिख माघ २ गते रहेको बताए ।  तीन वर्ष अघि क्याम्पसको जग्गामा मोही विवाद शुरु भएको हो । खरीद गरेको ४० वर्ष पछि क्याम्पसले भोगचलन गर्दै आएको जग्गामा मोही डम्बर बहादुर घिमिरे रहेको भेटिएको थियो ।  डम्बर बहादुरका छोरा यज्ञबहादुरले भुमिसुधार कार्यालयमा मृतक बुबाको नामको मोही हक नामसारी गरिदिन निवेदन दिएका थिए । त्यसविरुद्ध क्याम्पस प्रशासनले भुमिसुधारमा मोहीको जोतभोग नभएको र तिरो पनि नतिरेको, उक्त जग्गा क्याम्पसले हकभोग गरेर भवन समेत बनाएको दाबी गर्दै मोही लगत कट्टा गर्न अर्को निवेदन दिएको थियो ।  तर, भुमिसुधारले एकपक्षीयरुपमा मोही नामसारी गरिदिने फैसला गरेको थियो ।  क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वस्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरीद गरेको थियो । तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बेचिएको बताउँदै आएका छन् । तर लगत कट्टा नहुँदा विवाद सिर्जना भएको उनले बताएका छन् ।  मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेको सरोकारवालाको आशंका छ ।  जग्गा फिर्ता गर्न क्याम्पसका विद्यार्थी संगठन, प्राध्यापक संघ, नागरिक समाज सहित स्थानीयले संघर्ष समितिनै गठन गरेर आन्दोलन गर्दै आएका छन् ।