सोमबार वीरेन्द्रनगरमा प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते भएका होटल व्यवसायी रणबहादुर डाँगीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। ३८ बर्षीया डाँगीलाई वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको थियो । प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेको थियो । त्यहाँ पनि सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौमा रिफर गरिएको उनकी पत्नी तुल्सा डाँगीले जानकारी दिइन् । एमसिसिको विरूद्वमा उत्रिएका बन्दकर्ताले विष्णु होटेलका सञ्चालक डाँगी