साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका थिए । साहको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । इश्वरपुर नगरपालिकामा बाटो निर्माण