नेपालगञ्जमा जारी कर्फ्यू खुकुलो बनाउँदै हटाइने

काठमाडौँ : बाँकेको नेपालगञ्जमा हिजोदेखि लगाइएको कर्फ्यू क्रमशः खुकुलो बनाइने भएको छ।जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बसेको सर्वपक्षीय बैठकले क्रमशः खुकुलो बनाउँदै पूर्णरूपमा हटाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।राजनीतिक दलहरू, सुरक्षानिकाय, स्थानीय बासिन्दा‚ सरोकारवालाले चार दिनदेखि बढेको तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने सहमति जुटाएका हुन्।सहमतिआनुसार अब कर्फ्यू खुकुलो बनाउँदै लगी पूर

सम्बन्धित सामग्री

वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो

वीरगञ्ज- वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरी वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हटाइएको जानकारी गराए। हाल स्थिति सामान्य हुँदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. को उपदफा (५) बमोजिम फागुन ९ गते बेलुका १० बजेदेखि लागू हुने गरी पूर्णरूपले […]

मलंगवामा दिउँसोको कर्फ्यू हटाइयो, राति यथावत

वीरगञ्ज – दुई समुदायबीच भएको झडपको विषयलाई लिएर सर्लाहीको मलंगवामा जारी गरिएको कर्फ्यू खुकुलो पारिएको छ। प्रशासनले दिउँसोको कर्फ्यू हटाउने निर्णय गरेको हो। सोमबार जिल्ला समन्वय सहजीकरण समितिको बैठकले कर्फ्यू दिउँसोको समयमा हटाई राति भने यथावत नै राख्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार सूचना जारी गर्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म […]

सर्लाहीको मलंगवामा कर्फ्यू

२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कृष्णाष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका […]

महाेत्तरीमा लगाइएकाे अनिश्चितकालिन कर्फ्यू हटाइयाे

महाेत्तरी । महाेत्तरीमा जारी अनिश्चितकालिन कर्फ्यू हटाइएकाे छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका ८ पररियाटोलमा लगाइएको कर्फ्यू हटाइएको हाे । सो क्षेत्रको अवस्था सामान्य भएपछि बिहीबार दिउँसाे ३ बजेदेखि लगाइएकाे कर्फ्यू हटाइएको हाे । गएराति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सो क्षेत्रको अवस्था समान्य भएपछि […]

श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यू जारी

काठमाडौं । श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू जारी गरेको हो । स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, […]

लेटाङ घटना: कर्फ्यू जारी,९ जना पक्राउ

लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार पनि जारी रहेको छ। सोमबार बिहानदेखि लगाइएको कर्फ्यू जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...

वीरेन्द्रनगरमा मंगलबार साँझसम्म कर्फ्यू

अमेरिकी सहयोग परियोना एमसीसीविरुद्धको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ।...

कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू

भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो । कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ ।कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्न

भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू

एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो […]