लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार पनि जारी रहेको छ। सोमबार बिहानदेखि लगाइएको कर्फ्यू जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...
विराटनगर । जिल्ला अदालत मोरङले लेटाङमा प्रहरीको हत्याको घटनामा संलग्नको आरोपमा पक्राउ परेका १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका एकजना र अभद्र व्यवहारको मुद्दा चलाइएका १५ जना बालकलाई आफन्तको जिम्मा लगाउने आदेश दिएको हो । अदालतले बोलाएको वा खोजेका बेला उपस्थित गराउनुपर्ने […]
गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले मोरङको लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसीले बताए ।
एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ । चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । &ls
काठमाडौं । मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी कालिकामाथि यौन दुव्र्यवहार प्रयासको घटनापछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठनपाठन अनिश्चित बनेको छ । सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जानेगरि भएको आक्रमणपछि विद्यालयको पठनपाठन अनिश्चत बनेको हो । विद्यालयका शिक्षक मनोज पोडेलले चैत ४ गते होलीका दिन सोही विद्यालयमा पढ्ने एक छात्राको घरमा गएर […]
बलात्कार आरोपी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिन ढिलाइ हुँदा भएको थियो भिडन्त
महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली...
प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले मोरङको लेटाङमा आइतबार भएको घटना जघन्य र आततायी भएको बताएका छन् । आज साँझ एक विज्ञप्ति जारी गरेर उनले लेटाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफु स्तब्ध भएको पनि बताएका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका मन्त्री घिमिरेले आइतबारको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल प्रहरीकी एक कर्तव्यनिष्ठ प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । ‘मिति २०७८ चैत्र ४ गते शिक्षा विकास
७ चैत, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए । […]
छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।
आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...