भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो । कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ ।कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्न