८ माघ, काठमाडौं । छ पटकका विजेता नोभाक जोकोभिच अष्ट्रेलियन ओपनबाट बाहिरिएका छन् ।
दक्षिण कोरियाका आइयोन चुङले सर्वियन जोकोभिचलाई प्रिक्वार्टरफाइनलमा हराएका हुन् ।
जोकोभिचलाई ७-६, ७-५ र ७-६ को सेटमा पराजित गर्दै चुङ ग्राण्डस्लामको अन्तिम ८ मा स्थान बनाउने पहिलो कोरियन खेलाडी बनेका छन् ।