जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो । उनी मेलबर्नबाट दुबई प्रस्थान गरेका छन् । अष्ट्रेलियन ओपन खेल्न १० दिनअघि मेलबर्न पुगेका जोकोभिचलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर उनको भिसा रद्द गरिदिएका थिए […]