काठमाडौं । अष्ट्रेलियाले गरेको भिसा रद्दविरुद्धको मुद्दामा विश्व नम्बर एक नोभाक जोकोभिच विजयी भएका छन् ।
अष्ट्रेलियन ओपन खेल्न गत साता अष्ट्रेलिया पुगेका जोकोभिचलाई कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य मापदण्ड पूरा नगरेको भन्दै प्रवेशमा रोक लगाइएको थियो । जोकोभिचको भिसासमेत रद्द गरिइएको थियो । उक्त घटनाले विश्वको ध्यान आकर्षित गरेको थियो...