काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई चुनावी एजेण्डा बनाएर एमालेविरुद्ध प्रयोग गर्न खोजेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ को चुनावबाट एमाले अगाडि आउनेबाट रोक्न पाँच दलीय गठबन्धन लागिरहेको बताए। उनले भने, ‘हामीलाई रोक्न विभिन्न षड्यन्त्र भइरहेको छ। हाम्रो पाटीलाई रोक्नको लागि नागरिकताको विषयसँग जोडेर प्रचार गरिएका छन्। नागरिकले नागरिकता पाउनुपर्छ। जन्मसिद्ध नागरि