हेटौंडा : बागमती प्रदेश सरकारले संघीय सरकारको सिको गर्न थालेको छ। संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको बागमती प्रदेश सरकारले संघीय सरकारको सिको गरि संसद् छलेर अध्यादेश ल्याउन थालेको हो।लामो समयसम्म संसद्को अवरोध हटाएर बैठक सञ्चालन गर्न नसकेको प्रदेश सरकारले गएको चैत ९ गते नै संसद्को हिउँदे अधिवेशन अर्थात कानुन निर्माण गर्ने अधिवेशन अन्त्य गरिसकेको छ। कानुन बनाउने अधिवेशनमा बैठक नै सञ्चालन गर्न नसकेको प्रदेश सरकारले संघीय सरकारलाई पछ्याउँदै धमाधम अध्यादेश जारी गर्न थाल