एमालेले अवरोध गरिरह्यो, चारवटा अध्यादेश ध्वनी मतले स्वीकृत भइरहे

काडमाडौं : प्रतिनिधिसभाको बैठक पुस १८ गते सम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले बुधवार बैठकको कार्यसूची अघि बढाएका थिए। बैठक सुरु हुनासाथ एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै नारावाजी गरेको थियो। एमालेले लगातार संसद बैठकमा अवरोध गर्दै आएको छ। बुधवारको बैठकमा गृह मन्त्रीका…

सम्बन्धित सामग्री

एमाले अवरोध, एमसीसी पासदेखि महाअभियोगसम्म

सङ्घीय संसद्, प्रतिनिधिसभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । एमालेको अवरोधका बीच जनप्रतिनिधिको सर्वोच्च थलो संसद्बाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सम्झौता अनुमोदनका साथै केही महत्वपूर्ण अध्यादेश स्वीकृत भएका छन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश स्वीकृत, संसदमा एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ । प्रमुख प्रतिपक्षीका सांसदको नाराबाजीबीच नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत […]

संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद भवन बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको […] The post संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज संसद बैठक बस्दै, यस्ता छन् कार्यसुची

आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ  । बैठक दिउँसो १ बजेको लागे बोलाईएको छ  । बैठकमा विभिन्न अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ  । आजको बैठकमा सांसद प्रेम सुवालले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने,  कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, सांसद प्रेम सुवालले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्र प्रसाद बडूले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।आजको बैठक पनि प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले अवरोध गर्ने तयारी गरेको छ। यस अघिको बैठक पनि एमालेले अवरोध गरेपछि एक सातापछि बस्न लागेको हो  । एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक भने अनिश्चित समयको लागि स्थगित भएको छ  ।

बजेटका ३ विकल्प, के फेरि अध्यादेशमै फर्केला सरकार?

काठमाडौँ – शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन्। प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध र नाराबाजीबीच साउन ३ गते सदनमा पेश भएको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेशलाई प्रतिनिधिसभाले स्वीकृत गरे लगत्तै अर्थमन्त्रीले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। भदौ ३० गते अध्यादेश पेश भएको साठी दिन पुग्ने भएकाले अब त्यसपछि सरकारले बजेटलाई कसरी निरन्तरता […]

संसदमा विरोधकै बीच तीनवटा अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरिरहेकैबेला आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो अध्यादेश बैठकमा प्रस्तुत गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले स्वीकृत भएको हो ।

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापनमार्फत परिवर्तन गर्ने अर्थको तयारी छ । ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । ओली सत्ताच्युत भएपछि बनेको वर्तमान सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउने तयारी गरेको हो । विधेयक दर्ता भएको १ साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गराउने सरकारको योजना छ । तयार गरिएको विधेयक संसद्मा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले) का गतिविधि आकलन समेत गर्दै छ । ‘आज (बुधवार) बस्ने संसद् बैठकमा उक्त दलको गतिविधि हेर्ने र बिहीवार संसद्मा विधेयक दर्ता गराउने तयारी छ,’ मन्त्रालयले स्रोतले भन्यो । आफू सरकारमा रहँदा ल्याएको बजेट अध्यादेश विस्थापित गर्न प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै विरोध गरिरहेको एमाले संसद्मा आक्रामक तरीकाले प्रस्तुत हुने संकेत देखाइसकेको छ । ओली नेतृत्वको सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत पूर्वतयारी र बजेट नै सुनिश्चित नगरी अघि बढाएको २ हजारभन्दा बढी सडकमा नयाँ ठेक्का लगाउन वर्तमान सरकारले रोकिसकेको छ । आफूले ल्याएको बजेट र योजना नै रोकिएकोप्रति एमाले असन्तुष्ट छ । प्रतिस्थापन विधेयकमार्फत त्यस्ता आयोजना अघि नबढाउने सरकारको तयारी रहेको अर्थ स्रोत बताउँछ । यसले प्रतिपक्ष दल एमाले झन् रुष्ट हुने देखिएको छ । यसको संकेत सरकारले पाइसकेको छ । सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागे पनि एमालेले त्यसलाई ‘स्वीकार गर्न नसकिने’ भनेको बताएका छन् । हालैको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यसबारे खुलाए । मन्त्री कार्कीले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जनसहित पारित गर्न प्रतिस्थापन विधेयक तयार गरिएको र विधेयक संसद्बाट पारित गर्ने विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिएका थिए । केही दिन अगाडि आफूले एमाले अध्यक्ष ओलीलाई भेटेर संसद्का केही नियम निलम्बन गरेर बजेट पारित गर्ने प्रस्ताव राखेको उनको भनाइ थियो । तर, ओलीले भने प्रतिस्थापन विधेयक पारित गर्न नमानेको कार्कीको भनाइ छ । ‘बजेटको प्रतिस्थापन विधेयक पारित गर्न संसद्को केही नियम निलम्बन गरौं भनेको एमाले तयार भएन,’ कार्कीले भने, ‘२३ गतेदेखि संसद् शुरू हुँदै छ, मलाई आश छ, हामी बजेट पारित गर्छौं,’ साउनदेखि कार्यान्वयनमा जानुपर्ने बजेट संसद्बाट पारित भइसकेको छैन । अघिल्लो सरकारले संवैधानिक व्यवस्थाअनुसार बजेट आउनुभन्दा केही दिनअघि प्रतिनिधिसभा विघटन गर्दै अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि सर्वोच्चको आदेशले सरकार हेरफेर भयो र अध्यादेश बजेट कार्यान्वयन हुन सकेको छैन ।

एमालेले एक महिनासम्म अवरोध गरेपछि कर्णालीबाट दुई वटा अध्यादेश स्वीकृत

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिसका लागि स्वीकृत गर्ने निर्णय गरेको हो ।