चितवन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको छ ।
आज मङ्गलवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको हो ।
महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । ...