प्रदेश नम्बर २ को सरकारले एक मन्त्री र ३ राज्यमन्त्री बर्खास्त गरेपछि क्रुद्ध बनेका जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुले तत्काल कुनै कदम भने नचाल्ने भएका छन् । जसपाको आधिकारिकताको विषयलाई लिएर अदालतमा समेत मुद्दा परेको भन्दै तत्काल प्रतीक्षा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।केन्द्र सरकारमा ठाकुर पक्ष सहभागी भएसँगै जसपाको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री लालबाबु राउतले महन्थ पक्षका मन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठकमा उनीहरु अनुपस्थित