कर्जा सुरक्षणको दायरा विस्तार हुँदै

काठमाडौं । बैंक, वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा सुरक्षणको दायरा विस्तार हुने भएको छ । सरकारले कर्जा सुरक्षण नियमावली २०८० संसोधन गर्दै नयाँ क्षेत्रमा समेत सुरक्षण कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि निक्षेप तथा कर्जा सुरक्षण कोषलाई दायरा विस्तार गर्न बाटो खुला भएको हो ।  संशोधित नियमावलीको व्यवस्थाअनुसार कोषले जलवायु परिवर्तन, नवप्रवर्तन, सूचनाप्रविधि, शीप विकास तालीम वा प्रशिक्षण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, महिला उद्यमशीलतालगायत क्षेत्र समावेश हुने गरी नयाँ सुरक्षण कार्यक्रम लागू गर्न सक्नेछ । यसका लागि सुरक्षण कोषको आकार, कोषको वित्तीय स्रोत, बजारको माग र आवश्यकताका आधारमा कोषले निर्णय गर्न सक्नेछ ।  कोषले हालसम्म बैंकहरूले लगानी गर्ने साना तथा मझौला उद्यम र लघुवित्त तथा विपन्न वर्ग कर्जाको साथै सहुलियत ब्याजदरको कर्जाहरू पनि सुरक्षण गर्दैै आएको छ ।  यस्तै कोषले पशुधन सुरक्षण कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । नियमावली संशोधनपछि कोषलाई बजारको आवश्यकताअनुसारका क्षेत्रमा कर्जा सुरक्षणको दायरा विस्तार गर्न बाटो खुला भएको कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए । नेपालमा कर्जाको पहुँच विस्तारमा कोषको भूमिका महत्त्वपूर्ण रहेको र सुरक्षणका कारण बैंकहरूले ढुक्कले कर्जा विस्तार गर्न पाएको उनको दाबी छ ।  गत आर्थिक वर्षसम्म कोषले १७ लाख ऋणीका २ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेको छ । बैंकहरूले कर्जा सुरक्षण गरेपछि कुनै कारणले असुली नभएमा कोषले बेहोर्ने प्रावधान छ । यसका लागि बैंक, वित्तीय संस्था वा लिक्विडेटरले कोषमा दाबी गर्नुपर्छ ।  कोषले २०६७ सालदेखि प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्म निक्षेप पनि सुरक्षण गर्दै आएको छ । गत आवसम्ममा ४ करोड १५ लाख खाताको १२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप कोषले सुरक्षण गरेको छ ।  पशुधन सुरक्षणमा विक्री एजेन्ट  यसैगरी कोषले पनि आफ्नो पशुधन सुरक्षण योजना विक्रीका लागि एजेन्ट राख्न पाउने भएको छ । कोषको संशोधित नियमावलीमा पशुधन सुरक्षण कार्यक्रमको विक्री वितरण, बजार विस्तार र व्यवसाय प्रवर्द्धनका लागि एजेन्ट तोक्न सक्ने व्यवस्था गरिएको हो ।  कोषले कम्तीमा माध्यमिक तहको शिक्षा उत्तीर्ण भई बैंक, वित्तीय संस्था, सहकारी वा बीमासम्बन्धी संस्थामा कम्तीमा ३ वर्ष काम गरेको वा ‘घ’ वर्गको पशुस्वास्थ्य व्यवसायीका रूपमा अनुमतिप्राप्त व्यक्तिलाई एजेन्ट तोक्न सक्ने व्यवस्था छ । तर, यो काम गर्न कोषले सञ्चालन गर्ने पशुधन सुरक्षण तालीममा भाग लिई प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।  तीन वर्ष अवधि तोकिएको एजेन्टको कमिशन भने कार्यसम्पादनका आधारमा कोषले तोक्ने सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।  यसैगरी नियमावलीमा पशुधन सुरक्षणको संकेतमा विद्युतीय उपकरणसमेत प्रयोग गर्न सकिने, दाबी भुक्तानीका लागि कागजपत्र पेश गर्दा विद्युतीय माध्यमबाट पनि गर्न सकिने व्यवस्था गरेको छ । यस्तै सम्पूर्ण कागजपत्र पेश भएको ९० दिनभित्र पशुधन सुरक्षण लेख जारी गर्नुपर्ने बाध्यकारी प्रावधानसमेत नियमावलीमा गरिएको छ । 

सम्बन्धित सामग्री

बैंकिङ क्षेत्रमा ६० खर्बको बचत ५० खर्बको कर्जा विस्तार

मुलुकका बैंकिङ क्षेत्रमा अहिले ६० खर्बको बचत रहेको छ भने ५० खर्ब रुपैयाँ कर्जा विस्तार अर्थात् लगानी भएको छ । तर यति ठूलो लगानीको परिणाम भने सोचेजस्तो हुन सकेको छैन । यसबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीले उत्पादन वृद्धि र रोजगारी सृजनामा सघाउन नसनेको टिप्पणी गर्नुभएको छ …

होला कर्जा विस्तार ?

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्न थालेको छ । ब्याजदरको निर्धारण बजारले नै तय गर्ने गरी लिइएको नीतिकै परिणतिस्वरूप अहिले ब्याजदर घट्न थालेको हो । बैंकहरूमा अहिले ५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ । ब्याजदर घटेपछि कर्जामा सकारात्मक असर पर्नुपर्छ तर, कर्जा विस्तार हुने आधार भने पर्याप्त देखिँदैन । विप्रेषण बढेसँगै बैंकहरूमा तरलता बढ्न थालेको हो । त्यस्तै ब्याजदर बढी भएको भनी उद्योगीव्यवसायीले कर्जा लिन गाह्रो मानिरहेका थिए । ब्याजदर घटाउनुपर्ने उनीहरूको माग थियो । अहिले उनीहरूको माग पूरा भएको छ । त्यसो हुँदा अब उनीहरूले कर्जा लिएर लगानी गर्न थाल्नुपर्ने हो । बैंकहरूले अहिले घरजग्गा, शेयर धितो कर्जा र हायर पर्चेज कर्जा केही बढेको बताएका छन् तर जुन परिमाणमा तरलता थुप्रिएको छ, त्यसको अनुपातमा लगानी बढिरहेको देखिँदैन ।  अर्थतन्त्र विस्तारका लागि लगानी बढ्नुपर्छ । लगानी बढ्नु भनेको बैंकहरूको कर्जा प्रवाह बढ्नु हो । तर, उद्योगीहरूले बजारमा माग नभएको भनी अहिले उत्पादन कटौती गरिरहेका छन् । तिहारमा बजारमा निकै चहलपहल देखियो । त्यसले उपभोक्ताको मनोबल बढेको देखाउँछ । यसले निरन्तरता पाएमा बजारमा माग बढ्ने देखिन्छ र त्यसका लागि उत्पादन बढाउनुपर्ने हुन्छ । आयातमा भएको वृद्धिले पनि कर्जाको माग बढ्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले कर्जा लगानीका लागि विभिन्न मापदण्ड र शर्तहरू राखेको छ । यस्तो शर्त अहिले केही खुकुलो बनाइदिएको पनि छ । त्यसो हुँदा कर्जा लगानी बढ्नुपर्ने हो ।  बैंकले कर्जा लगानी गर्न सकेनन् भने उनीहरूको आमदानी निकै खुम्चने देखिन्छ । अहिले खराब कर्जा बढेको छ । त्यसबापत उनीहरूले जोखिम कोषमा रकम बढी रकम राख्नु परेको अवस्था पनि छ । यही दबाबका कारण केही बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । अहिले बैंकर्स एशोसिएशन अफ नेपालले ब्याजदर तोक्न छाडेको छ । त्यसो हुँदा बैंकहरूले आआफ्नो लगानी रणनीति र कोषको अवस्थाअनुसार ब्याजदर घटाउन वा बढाउन सक्छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको असोजमा बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ११ प्रतिशतमा झरेको छ । साउनमा कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत थियो । आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो । मङ्सिरमा पनि घटेको छ ।  नेपाल राष्ट्र बैंक र अर्थमन्त्री दुवैले अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन् । उनीहरूको दाबी सही हो भने कर्जा विस्तार पनि हुन थाल्नुपर्ने हो । घरजग्गा विक्रीमा पनि सुधार आएको तथ्यांक सार्वजनिक भएको छ । अर्थतन्त्रका सबै चरहरूमा सुधार आएमात्रै कर्जा विस्तार पनि व्यापक रूपमा हुन थाल्छ । तर, निर्माण क्षेत्र सुस्ताएको छ । यो क्षेत्र धेरै रोजगारी सृजना गर्ने क्षेत्र हो । निर्माण कम्पनीहरूले काम सम्पन्न गरेको ठेक्काको भुक्तानी नपाउँदा नयाँ आयोजनाहरूको कामसमेत प्रभावित भएको छ । दशैंतिहारजस्ता चाडपर्व सकिएपछि विकास निर्माणका कामले गति लिनुपर्ने हो तर अझै सरकारले पूर्वाधार निर्माणका आयोजनाहरूको ठेक्का सम्झौता गरेको छैन । त्यसो हुँदा अर्थतन्त्रले लय समात्छ भनेर विश्वास गर्न सकिने ठाउँ देखिँदैन ।  ब्याजदर घट्दा निक्षेपकर्ताको आय घट्छ । महँगीको दरभन्दा निक्षेपको ब्याजदर बढी हुन थाल्यो भने बचत कम हुन थाल्छ । त्यसले उपभोगलाई बढाउन सक्छ । यस्तोमा माग बढ्न सक्छ । तर, बचत घट्दै जाँदा बैंकहरूमा फेरि तरलता अभावको समस्या बढ्न सक्छ । त्यसैले अर्थतन्त्रको यो चक्रमा सन्तुलन ल्याउन अहिलेको ब्याजदरमा बढीभन्दा बढी कर्जा प्रवाह हुनुपर्छ । कर्जा प्रवाह हुन सकेन र ब्याजदर घट्न थाल्यो भने पूँजीपलायनको सम्भावनासमेत बढ्छ । अत: निजीक्षेत्रको अपेक्षाअनुरूप ब्याजदर घट्दै गएको हुँदा त्यसैअनुपातमा कर्जा विस्तार हुन आवश्यक देखिन्छ ।

कर्जा प्रवाह वृद्धि आधा

काठमाडौं– विगत पाँच वर्षको अवधिमा यस पटक वाणिज्य बैंकहरूबाट भदौ र असोजमा भएको कर्जा विस्तार वृद्धि झण्डै आधाले घटेको छ । बैंकहरूले २०७५ असोजमा ७२ अर्ब रुपैयाँले कर्जा विस्तार वृद्धि गरेकोमा चालु आवको असोजमा ३३ अर्बको हाराहारीमा मात्रै कर्जा विस्तार वृद्धि गरेका हुन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले २०७५ भदौमा २१ खर्ब ७४ […]

अर्थतन्त्रमा चरम निराशा : कर्जा विस्तार ४२ वर्षयताको कमजोर

कर्जाको यो वृद्धिदर ४२ वर्षयताको कमजोर हो । यसअघि आर्थिक वर्ष २०३९/४० मा २ दशमलव ३ प्रतिशत मात्रै निजी क्षेत्रतर्फको कर्जा विस्तार भएको थियो । त्यसयता पहिलोपटक निजी क्षेत्रतर्फको कर्जा विस्तार ४ प्रतिशतभन्दा कम भएको हो ।

स्थिर बन्यो बैंकहरूको कर्जा विस्तार

निक्षेपमा उल्लेख्य सुधार हुँदै गए पनि वाणिज्य बैंकहरूको कर्जा विस्तार स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्ममा (जेठ २९ गतेसम्म) ४२ खर्ब ९८ अर्ब कर्जा प्रवाह भएको छ । गत...

कर्जा विस्तार र आन्तरिक ऋणको दबाबले तरलतामा चुनौती कायमै

पछिल्लो समयमा लगानीयोग्य पूँजीको अभावको समस्या क्रमशः सहज बन्दै गएको लक्षणहरू देखिंदैछन् ।  तर, भविष्यमा हुने कर्जा विस्तार र आन्तरिक ऋणको दबाबले तरलताको चुनौती कायमै छ ।

मौद्रिक नीति : कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।

तरलता अभावका कारण कर्जा विस्तार हुन सकेनः गभर्नर

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैंकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेकाले निजी क्षेत्रमा जाने १९ प्रतिशतको […]

दुई महिनामा दुई खर्बको कर्जा विस्तार, ग्लोबल र एनआईसीको प्रतिस्पर्धा

हालसम्म वाणिज्य बैंकहरूले ३७ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँको निक्षेप (डिपोजिट) गरेका छन् भने ३३ खर्ब १७ अर्ब रुपैयाँको कर्जा विस्तार गरेका छन्