दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।