रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद भएको काठ कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय काठ चोरी
मधुवननगरपालिका–७ गंगाबस्ती स्थित गोपाल मगरको मकै बारी स्थितबाट प्रहरीले शनिबार साल जातको गोलिया काठ बरामद गरेको हो। प्रहरीले १४ वटा साल जातको गोलिया काठ बरामद गरेको छ।...
कञ्चनपुर- कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो । प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ । आवश्यक कारबाहीका […]
सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...
डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमुना माध्यामिक विद्यालय परिगाउँको परिसरभित्र अवैध रूपमा काटिएको काठ बरामद गरिएको छ। डिभिजन वन कार्यालय डडेल्धुराले सिसम र हल्दोका गरि १८८ दशमलव ८० क्युफिट काठ बरामद गरेको हो। प्रारम्भिक विवरणअनुसार सिसमका आठ र हल्दोका दुई रूख काटिएको पाइएको अनुसन्धान अधिकृत सन्तोष भट्टले बताए। उनका अनुसार सिसमका आठ रूखको […]
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ छपिया स्थित पोखरीमा ल्काईएको २ लाख बढी मूल्यका सालको काठ बरामद गरिएको छ। प्रहरीले स्थानीय चिरकुट केवटको पोखरीमा बेवारिसे अवस्थामा सो काठ बरामद गरेको हो।...
महोत्तरी। डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान सालको काठ बरामद गरेको छ। चुरे फेदीको महोत्तरी,सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको टोलीले काठ बरामद गरेको हो। यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो। बरामद काठको नाप परिमाण ५२ क्यूफिट(घनफिट)रहेको सहायक