डडेलधुराबाट लाईसेन्स वितरण हुने

डडेलधुरा । डडेलधुराबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) पाईने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन गर्नु भएपछि अब डडेलधुराबाट सवारी चालक अनुमति पत्र पाईने भएको हो । साउन १७ गतेदेखि मसान्तसम्म लिखित परिक्षा गरिएको थियो । प्रयोगात्मक परीक्षाको लागि ३ सय ४३ जनाको आवेदन […]

सम्बन्धित सामग्री

कमोडिटी एक्सचेञ्जका लागि बोर्डमा दुई निवेदन दर्ता

काठमाडौं । कमोडिटी एक्सचेञ्जको लाईसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आवेदन दर्ता गराएका छन् । आइतवार मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्जले आवेदन दर्ता गराएको बोर्डले जानकारी दिएको हो । बोर्डले दुई कमोडिटी एक्सचेञ्जका लागि लाईसेन्स वितरण गर्ने तयारी स्वरुप चैत ३० गते १० दिनको अवधि तोकेर आवेदन माग गरेको थियो । बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर सहित कमोडिटी एक्सचेञ्जका लागि समेत लाईसेन्स वितरण गर्न लागेको हो । बोर्डले यस अघि रद्द गरेको कमोडिटी एक्सचेञ्जको लाईसेन्सका लागि पुनः आवेदन माग गरेको हो । यस अघि बोर्डले २०७६ साल वैशाखमा दुई ओटा कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि लाईसेन्स वितरण गर्ने गरी आवेदन माग गरेको थियो । सो अवधिमा ६ कम्पनीले कमोडिटी एक्सचेञ्ज सञ्चालनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका थिए । ती कम्पनीको आवेदन त्यस बेला बोर्डले रद्द गरेको थियो ।  बोर्डले यस अघि आवेदन रद्द भएका ती कम्पनीहरूले समेत पुनः आवेदन दिन सक्ने गरी लाइसेन्स खुला गरेको थियो । वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले पूर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो । यस अघि आवेदन दिएका कम्पनीहरूलाई निवेदन दस्तुर नलाग्ने र तोकिएको अवधिभित्र आवेदन पेश नगरे यसअघिको निवेदन स्वतः रद्द हुने बोर्डको भनाई छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार यो बजार सञ्चालनका लागि न्यूनतम चुक्तापूँजी रू. ५० करोडले नघट्ने गरी बोर्डले समय समयमा तोके बमोजिम हुने उल्लेख छ ।

यातायात कार्यालय लहानमाथि लेनदेनमा लाईसेन्स वितरण गरिएको आरोप

काठमाडौं, १२ भदौ । यातायात व्यवस्था कार्यालय लहान सिराहामा मोटरसाइकल, कार÷जिपलगायतका सवारी लाइसेन्स बिक्रि भैरहेको पाईएको छ । यस्तो गैरकानूनी काम हुँदापनि अख्तियार मौन रहेको भन्दै अहिले आलोचना भैरहेको छ । कार्यालय प्रमुख कुशेश्वर साह र ट्राफिक प्रहरीको प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको मिलोमतोमा लाइसेन्स बिक्रि वितरण भैरहेको जनाईएको छ । सोही कार्यालयका अधिकृत रोहित कोइरालाले […]

बैंकले ब्रोकर लाईसेन्स पाउन सक्ने गरि धितोपत्र दलाल नियमावलीमा संशोधन प्रस्ताव

वाणिज्य बैंकको सहायक कम्पनीले पनि ब्रोकर लाईसेन्स पाउने बाटो खुलेको छ । धितोपत्र बोर्डले गठन गरेको टास्क फोर्सले  ब्रोकर सम्बन्धि विद्यमान नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदा स्वीकृत गर्दै वाणिज्य बैंकको सहायक कम्पनीले पनि ब्रोकर लाईसेन्स पाउने बाटो खुला गरेको हो ।टास्क फोर्सले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदा स्वीकृत गरेको हो। स्वीकृत नियमावलीमा बोर्डले तोकेको मापदण्ड पुरा गर्ने जुनसुकै कम्पनीलाई प्रक्रिया पुर्याएर ब्रोकर लाईसेन्स दिन सकिने उल्लेख छ। यद्यपि उक्त संशोधित नियमावली बोर्डको संचालक समितिले पारित गरेर मन्त्रिपरिषदमा पठाएपछि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि मात्र  कार्यन्वयनमा  आउने छ ।टास्क फोर्सले पारित गरेको प्रस्तावित मस्यौदामा विभिन्न ३ प्रकारको ब्रोकर लाईसेन्स वितरण गरिने उल्लेख छ । शेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनिएको छ ।  यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी २० करोड तोकिएको छ । त्यस्तै शेयर खरिद बिक्रिको साथ साथ, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ । स्टक डिलरलाई तेस्रो तह तोकिएको छ र उनीहरुको लागि न्युनतम चुक्ता पुँजी १५० करोड कायम गरिएको छ ।बोर्डले तोकेको चुक्ता पुँजी पुर्याएका, र अन्य मापदण्ड पुर्याएकालाई बोर्डले माग गरिएको तह अनुसारको लाईसेन्स दिने छ । सञ्चालकको योग्यता र संस्थाको प्रमुखको योग्यताको पनि आधार बनाईएको छ।प्रस्तावित ब्यबस्था हुबहु लागु भए हालका ५० ब्रोकरको सिन्डिकेट अन्त्य हुने छ भने मापदण्ड पुर्याएका, योग्य जुनसुकै कम्पनीले लाईसेन्स पाउन सक्ने छन् ।

जुम्लाका अधिकांश सवारीचालक लाईसेन्सविहीन

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले ४ वर्षदेखि लाईसेन्स वितरण गर्न नसक्दा यहाँका अधिकांश सवारीचालकहरु सवारीसाधन अनुमति पत्र (लाईसेन्स) विहीन छन्।...

पूँजीबजार सुधारको माग गर्दै लगानीकर्ता आमरण अनसनमा

भदौ ३१, काठमाडौं । पूँजीबजार सुधारका लागि आवश्यक पहलको माग गर्दै बिहीवारदेखि लगानीकर्ताहरुले आमरण अनसन शुरु गरेका छन् ।  लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय अघि आमरण अनसन शुरु गरेका हुन् । अर्थमन्त्रि र नेपाल राष्ट्र बैंकका गभर्नरलाई तत्काल बर्खास्त गर्नुपर्ने मुख्य माग लगानीकर्ताहरुको रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजीबजार र समग्र अर्थतन्त्र विरोधी रहेको भन्दै लगानीकर्ताहरुले तत्काल उनीहरुलाई बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् ।  लगानीकर्ताहरुले आफ्नो अख्तियार दुरुपयोग गरी सुनियोजित रुपमा बजार घटाउन लागिपरेको आरोप लगाउँदै छानबिन समिति गठन गरेर गभर्नरमाथि अनुसन्धान गरी कानून बमोजिम कारबाहीको माग गरेका छन् ।  अप्राकृतिक रुपमा तरलता घटाउन र कोभिडको बेला अर्थतन्त्र ध्वस्त पार्न सिसिडी रेसियो खारेज गरी सिडी रेसियो लागू गरेको भन्दै सिसिडी रेसियोनै कायम गराउन पनि उनीहरुले माग गरेका छन् । विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यस बेला सरकारद्वारा जारी ५८ बुँदे सुझावलाई कार्यान्वयन गर्नसमेत उनीहरुले माग गरेका छन् । लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा बढी बोनस वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्व कोष राख्नुपर्ने अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर्न तथा शेयर धितोको सीमा रकमलाई तत्काल खारेज गर्न र त्यसमा तोकिएको समयावधिलाई संशोधन गरी १२० दिनको औषत मूल्य कायम गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । त्यस्तै ब्रोकर कमिसन शून्य दशमलव १० प्रतिशतमा झार्न, बुक बिल्डिङ्ग बिधि तत्काल खारेज गरी रू. १०० अंकित मूल्यमै आईपीओ जारी गर्न  र बैंकलाई ब्रोकर लाईसेन्स वितरण गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । यस वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिएपछि प्रभावित बनेको बजारले गति लिन सकिरहेको छैन । ३ हजार १९८ दशमलव ६० विन्दुसम्म कायम भएको नेप्से परिसूचक भदौ महीनाको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३८ विन्दुमा झरेको छ ।  नेप्सेले कायम गरेको उच्च विन्दुभन्दा यो दिन परिसूचक ३८६ दशमलव २२ विन्दुले घटेको हो । नेप्सेले उच्च विन्दु कायम गरेको दिन भदौ २ गते नेपालको कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५० लाख ३९ हजार रहेको थियो । यो बीचमा लगानीकर्ताहरुको सम्पत्ति मूल्य रू. ५ खर्ब ३२ अर्ब ७६ करोड ३० लाख ५० हजारले घटेको छ । बिहीवार नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार कायम भएको छ ।

गलत तरिकाले लाइसेन्स वितरण गरेको भन्दै एन्फालाई एएफसीको जरिवाना

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको ...