अर्को सरकार गठन नभएसम्म ब्रोकर, स्टक, लघुबीमा लगायतका ९ लाईसेन्स नदिन माग गर्दै उजुरी

सरकारले वितरण गर्न लागेको ब्रोकर, स्टक, लघुबीमा लगायतका ९ प्रकारका लाईसेन्स रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ  । उपभोक्ता हित संरक्षण मञ्ज नेपालले निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा व्यापरिक लाईसेन्स बितरण गर्नु आचारसंहिता बिपरित भएकोले उक्त कार्य रोक्न माग गर्दै शुक्रबार प्रमुख निर्वाचन आयुक्त समक्ष उजुरी दर्ता गराएको हो ।उजुरीमा निर्वाचन भई अर्को सरकार गठन नभएसम्म कुनै पनि खालको लाईसेन्स वितरण गर्ने कार्य नगर्न/नगराउन भनी सरकारको नाममा आदेश जारी गर्न आयोग समक्ष माग गरिएको छ । लाईसेन्सको व्यवसायीहरुले दौडधुप गर्न थालिसकेको र रकमको चलखेलको अवस्था देखिएको मञ्जले जनाएको छ । यस्तो कार्यले निर्वाचनको स्वच्छतामाथि नै प्रश्न उठ्ने भएकोले नयाँ सरकार गठन भएपछि मात्र नयाँ लाइसेन्स बितरण गर्न मञ्जले माग गरेको छ ।कुन कुन हुन् सरकारले वितरण गर्न लागेको ९ प्रकारका लाइसेन्स ?१. स्टक एक्सचेन्ज २. सेयर ब्रोकर ३. लघु बिमा ४. कमोडिटी एक्सचेन्ज ५. ब्रोकर शाखा ६. विशिष्टीकृत लगानी कोष व्यवस्थापक७. क्रेडिट रेटिङ ८. निकुञ्जभित्र होटल९. निकुञ्जभित्र विद्युत् आयोजनासमबन्धित ब्यापारी र व्यवसायीहरुले नै प्रधानमन्त्री, अर्थमन्त्री र समबन्धित मन्त्रीलाई प्रभावमा पारेर लाईसेन्स लिने दाउँमा रहेको समाचार संचारमाध्यममा आएपछि मञ्जले लाईसेन्स बितरण गर्ने कार्य तत्कालको लागि रोक्न माग गर्दै आयोगमा उजुरी दिएको हो ।

सम्बन्धित सामग्री

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसको लुम्विनी प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले लुम्विनीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने ठहर गर्दै यस्तो...

सरकार गठन प्रक्रियामा सहयोग गर्ने राप्रपाको निर्णय

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार गठन प्रक्रियामा सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले राजनीतिक स्थिरताका लागि सरकार गठन प्रक्रियामा सहयोग पुर्‍याउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । आइतबार नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा […]

सांसदको शपथ नगराइ सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदको शपथ ग्रहणअघि नै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ ।  आज आइतवार पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको हो । निर्वाचित सांसदको शपथ ग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै उहाँले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।  अध्यक्ष प्र...

सांसदहरूको शपथबिनै सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्।  पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै प्रचण्डले प्रतिनिधिसभाका सबै सदस्यहरुको...

स्वतन्त्र चुनावी सरकार गठन गरौं : राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्। ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं। यो सरकारलाई…

स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङ्देनकाे माग

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।  प्रतिनिधि सभाको आज बुधवारकाे बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको हो । केही समयमा चुनावकाे मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनु...

नयाँ सरकार गठन गर्न कदम उठाउने श्रीलंकाली राष्ट्रपतिको घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठन गर्ने बताएका छन्। राजापाक्षेले सामाजिक सञ्जालमार्फत् नयाँ सरकार गठन गर्ने बताएका हुन्। उनले ट्विटरमा लेखेका छन्, ‘देशमा भइरहेको अराजकताको स्थिति नियन्त्रण गर्नको लागि र ठप्प भएको विषयलाई सल्झाउनको लागि नयाँ सरकार बनाउने कदम उठाइने छ।’ उनले यो हप्ताभित्र नै संसदमा बहुमत प्राप्त गर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाइने बताएका छन्। […]

अफगानिस्तानमा समावेशी सरकार गठन होस् : इरान

इरानले तालिवान नेतृत्वको अफगानिस्तानमा समावेशी सरकार गठन गर्न आह्वान गरेको छ । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियनले यो आह्वान गरेका हुन् । ‘हामी अफगानिस्तानको अन्तरिम सरकारलाई त्यसबेला मात्रै मान्यता दिन्छौँ जतिबेला...

अफगानिस्तानमा तालिबानद्वारा सरकार गठन गर्ने तयारी

अफगानिस्तानमा तालिबानद्वारा सरकार गठन गर्ने तयारी गरिरहेको विश्वास गरिएको छ।

सकसमा नयाँ सरकार गठन

नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो। तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकेन। प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण दाहाल–नेपाल पक्ष अलमलमा देखिन्छ।यस्तोमा नेकपाका दुवै पक्षबीचको द्वन्द्व वा सहमतिले नयाँ सरकार गठन र परिवर्तनको संसदीय प्रक्रिया अघि बढ्नेछ। प्रधानमन्त्रीले राजीनामा दिए सहज र अविश्वास प्रस्तावको सामन