तत्काल ब्रोकर लाइसेन्स बाड्ने गरि आयो पाँचौ संशोधन, पुँजी पुर्याउन थप गरिएको समय कायमै

तत्काल ब्रोकर लाइसेन्स बाँड्न पाउने गरि ब्रोकर समबन्धि नियमावलीमा पाचौ संशोधन भएको छ। मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (पाचौ संशोधन) नियमावली, २०७९ आज धितोपत्र बोर्डले सार्वजनिक गरेको छ ।संशोधित नियमावलीमा 'यो नियमावली प्रारम्भ भएपछि पहिलो पटक धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र जारी भएपछिको प्रत्येक तीन बर्षमा बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्ने' उल्लेख छ । अर्थात् तत्काल ब्रोकर लाईसेन्स बितरण गर्ने र ३ वर्षपछि फेरी ब्रोकर लाईसेन्स वितरण गर्ने बाटो बोर्डलाई खुलेको छ ।ब्रोकर लाईसेन्सको लागि ३० दिनको अवधि राखेर सूचना प्रकाशन गर्ने र ३५ दिन भित्र बोर्डले लाईसेन्स दिई सक्ने ब्यबस्था गरिएको छ । त्यस्तै नियमावलीमा तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गर्दै न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँ पुर्‍याईएको छ। नियमावली अनुसार अब ब्रोकरको ३ तह रहने छ । जसमा सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर रहेका छन्। जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र स्टक डिलरको चिक्त पुँजी डेढ अर्ब तोकिएको छ । यद्दपि यसका लागि हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई निर्धारित पुँजीको सिलिङ पुर्याउन २०८२ सालसम्मको समय पनि दिईएको छ। चौथो संशोधनमा ३ वर्षसम्म ब्रोकरलाईसेन्स खोल्न नपाउने ब्यबस्था राखेर आएपछि बोर्ड अध्यक्ष हमालले पाँचौ पटक संशोधन गरी मन्त्रिपरिषद्‍मा पठाएका थिए। मन्त्रिपरिषदले हमाल चाहे अनुसार नै पाचौ संशोधन स्वीकृत गरेर पठाएको हो । त्यस्तै पाचौ संशोधनमा बोर्डले अर्थ मन्त्रालयको स्वीकृतिमा अनुसुचिहरु फेरबदल गर्न सक्ने प्रस्ताव समेत समावेश गरिएको छ। यसको अर्थ मन्त्रालयको स्वीकृति लिएर बोर्ड आफैले ब्रोकर कमिशन , ब्रोकरको चुक्ता पुँजी, आवेदन शुल्क लगायतका विषय हेरफेर गर्न सक्ने छन् ।

सम्बन्धित सामग्री

नयाँ ब्रोकर लाइसेन्स फेरि अन्योलमा

धितोपत्रको नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया फेरि अन्योलमा परेको छ । संसद्को अर्थ समितिले सोमबार सरकारलाई ब्रोकर लाइसेन्ससम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काललाई स्थगन गर्न निर्देशन दिएको छ । ४३ कम्पनीलाई आशयपत्र र १८ कम्पनीलाई...

नयाँ ब्रोकर लाइसेन्समा आरोप–प्रत्यारोप

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियालाई तीव्रता दिएपछि सञ्चालनमा रहेका ब्रोकर कम्पनीले विरोध जनाएका छन् । उनीहरूले नयाँ ब्रोकर लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न मागसमेत गरेका छन् ।  बोर्डले...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न बाटो खुल्यो

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको हो । नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट संयुक्त […]

नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीको आवेदन, ११ बैंक पनि इच्छुक

नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले २ असोजमा इच्छुक कम्पनीलाई आवेदन दिन माग गरेको थियो । ४५ वटा कम्पनीमध्ये ११ वटा वाणिज्य बैंकका सहायक कम्पनी...

बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो । संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषदबाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष ब्रोकर लाइसेन्सका लागि […]

नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ । ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, […]

ब्रोकर लाइसेन्स खुल्ला , २० करोड चुक्ता पुँजी पुर्याउने सबैले पाउने

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि नयाँ नीति अंगिकार गरेको छ । यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स प्रदान गर्दै आएको बोर्डले अब भने खुल्ला नीति अनुरुप प्रक्रिया पुग्ने र पुर्याउने सबैलाई लाइसेन्स दिने नीति अपनाउने भएको हो ।मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) सम्बन्धि नियमावली, २०६४ संशोधन गर्दै न्यूनतम २० करोड चुक्ता पुँजी पुर्याउने जो कोहीलाई ब्रोकरलाई लाइसेन्स दिने व्यवस्था गरेको हो

विकास बैंकलाई पनि ब्रोकर लाइसेन्स दिन बैंकर्स एसोसिएसनको माग

विकास बैंकहरुलाई पनि धितोपत्र कारोबार ब्रोकर लाइसेन्स उपलब्ध गराउन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले धितोपत्र बोर्डसँग माग गरेको छ ।  धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ अनुसार ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्ने व्यवस्था गरेकाले सोही व्यवस्था बमोजिम विकास बैंकहरुले पनि लाइसेन्स पाउनु पर्ने बैंकर्स एसोसिएसनले माग

बैंकलाई ब्रोकर लाइसेन्स दिन  माग

बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो ।      यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्व...

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थमन्त्रीसामु परिसङ्घको माग

बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो । यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवन