पूँजीबजार सुधारको माग गर्दै लगानीकर्ता आमरण अनसनमा

भदौ ३१, काठमाडौं । पूँजीबजार सुधारका लागि आवश्यक पहलको माग गर्दै बिहीवारदेखि लगानीकर्ताहरुले आमरण अनसन शुरु गरेका छन् ।  लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय अघि आमरण अनसन शुरु गरेका हुन् । अर्थमन्त्रि र नेपाल राष्ट्र बैंकका गभर्नरलाई तत्काल बर्खास्त गर्नुपर्ने मुख्य माग लगानीकर्ताहरुको रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजीबजार र समग्र अर्थतन्त्र विरोधी रहेको भन्दै लगानीकर्ताहरुले तत्काल उनीहरुलाई बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् ।  लगानीकर्ताहरुले आफ्नो अख्तियार दुरुपयोग गरी सुनियोजित रुपमा बजार घटाउन लागिपरेको आरोप लगाउँदै छानबिन समिति गठन गरेर गभर्नरमाथि अनुसन्धान गरी कानून बमोजिम कारबाहीको माग गरेका छन् ।  अप्राकृतिक रुपमा तरलता घटाउन र कोभिडको बेला अर्थतन्त्र ध्वस्त पार्न सिसिडी रेसियो खारेज गरी सिडी रेसियो लागू गरेको भन्दै सिसिडी रेसियोनै कायम गराउन पनि उनीहरुले माग गरेका छन् । विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यस बेला सरकारद्वारा जारी ५८ बुँदे सुझावलाई कार्यान्वयन गर्नसमेत उनीहरुले माग गरेका छन् । लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा बढी बोनस वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्व कोष राख्नुपर्ने अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर्न तथा शेयर धितोको सीमा रकमलाई तत्काल खारेज गर्न र त्यसमा तोकिएको समयावधिलाई संशोधन गरी १२० दिनको औषत मूल्य कायम गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । त्यस्तै ब्रोकर कमिसन शून्य दशमलव १० प्रतिशतमा झार्न, बुक बिल्डिङ्ग बिधि तत्काल खारेज गरी रू. १०० अंकित मूल्यमै आईपीओ जारी गर्न  र बैंकलाई ब्रोकर लाईसेन्स वितरण गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । यस वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिएपछि प्रभावित बनेको बजारले गति लिन सकिरहेको छैन । ३ हजार १९८ दशमलव ६० विन्दुसम्म कायम भएको नेप्से परिसूचक भदौ महीनाको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३८ विन्दुमा झरेको छ ।  नेप्सेले कायम गरेको उच्च विन्दुभन्दा यो दिन परिसूचक ३८६ दशमलव २२ विन्दुले घटेको हो । नेप्सेले उच्च विन्दु कायम गरेको दिन भदौ २ गते नेपालको कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५० लाख ३९ हजार रहेको थियो । यो बीचमा लगानीकर्ताहरुको सम्पत्ति मूल्य रू. ५ खर्ब ३२ अर्ब ७६ करोड ३० लाख ५० हजारले घटेको छ । बिहीवार नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार कायम भएको छ ।

सम्बन्धित सामग्री

विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम आयोजना

विश्व लगानीकर्ता सप्ताह २०२३- क्रेडिट रेटिङ सचेतना कार्यक्रम सम्पन्न भएको छ। विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्डको अगुवाइ तथा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको सहभागितामा शंकर देव क्याम्पस र नेपाल...

बजेटको व्यवस्थाले लगानीकर्ता असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा रहेका तीन व्यवस्थाले लगानीकर्ता असन्तुष्ट भएका छन् । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने ब्रोकरहरूले नाफाको समयमा सेयरबाट कमाएको रकमको पनि कर तिर्नुपर्ने अफरसहितको व्यवस्था...

पूँजीबजारप्रति लगानीकर्ता चिन्तित

काठमाडौं । कुनै समय महिनाकै १ अर्ब बढी राजस्व बुझाउने नेपालको पूँजीबजार यतिखेर धराशायी बन्दै गएको प्रति लगानीकर्ता चिन्तित भएका छन् । लगभग १८ प्रतिशत जनता शेयरबजारमा आवद्ध रहेको नेपालको शेयर बजारमा ४४ खर्ब बराबरको पूँजी रहेको छ तर ३२ सयमाथि पुगिसकेको शेयर बजारको इन्डेक्स हाल १८ सयको हाराहारीको विन्दुमा आउँदा लगानीकर्ता थप मर्माहत भएका […]

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...

अस्थिर सेयर बजारले लगानीकर्ता निराश

सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् ।  पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से...

सेयर लगानीकर्ता आन्दोलनमा

सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् ।  झन्डै १५ अंकले...

सेयर बजारको निरन्तर गिरावट निराश बने लगानीकर्ता

सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन् । नजिकिँदै गरेको चुनावले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता एकपछि अर्को गरी आएको गिरावटले निराश बन्न पुगेका छन् । वर्षको अन्तिम महिना भएकाले...

चुनावको प्रतीक्षामा रहेका लगानीकर्ता निराश : प्रोफिट बुकको नीतिले दबाबमा नेप्से

मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् ।  सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने...

नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् ।शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आ

लगानीकर्ता सचेतना कार्यकम

नेपाल स्टक एक्सचेन्स र सिडिएस एण्ड क्लियरिङ्ग हाउसले संयुक्त रुपमा लगानीकर्ता सचेतना कार्यक्रकको आयोजना गरेका छन् । स्थानीय शाखा रहेका ब्रोकर नं १६, ५८, ३७ र ५४ तथा नेपाल पुंजी बजार लगानीकर्ता संघको सहकार्यमा प्रदेश –२ को वीरगञ्जर र बागमती प्रदेशको हेटौंडामा सचेतना कार्यकम आयोजना गरिएको आयोजले जानकारी दिएको छ ।कार्यक्रमलाई नेप्से सञ्चालक समितिकाअध्यक्ष लक्ष्मण […]