बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । कमल बजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो ।बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो । युवकले तत्काल विवाह नगर्ने भनेपछि आवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेको बताइएको छ । तर, झुटो आरोप लग