एनआरएनएका तीनत्रयले सम्हाले नेतृत्व

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पद

सम्बन्धित सामग्री

भीम उदास : रोमदेखि रुससम्म

३० वर्ष संयुक्त राष्ट्र संघका विभिन्न निकायमा काम गरे उनले । कहिले जेनेभा त कहिले रसिया, कहिले युद्धग्रस्त मुलुकमा त कहिले सैनिक शासक भएको मुलुकमा । ललितपुरका भीम उदास (७३) ले संयुक्त राष्ट्र संघका विभिन्न निकायको नेतृत्व सम्हाले, जसमध्ये विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा धेरै समय बिताए । म्यानमारका लागि नेपाली राजदूत समेत रहिसकेका भीमले आफ्नो जीवनमा धेरै हण्डर खानुपर्‍यो ।  २००६ चैत २६ गते भोजपुरको टक्सारमा जन्मिएका भीमले त्यहीको विद्योदय हाईस्कूलबाट एसएसलसी गरे ।

न्यायपालिकाको बागडोर सम्हाले न्यायाधीश कार्की

काठमाडाैं । बुधबारदेखि न्यायपालिकाको बागडोर न्यायाधीश हरिकृष्ण कार्कीले सम्हालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै सर्वोच्च अदालतको नेतृत्व न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्नुभएको छ । उहाँले आजदेखि औपचारिक रुपमै न्यायालयको नेतृत्व सुरु गर्नुभएको हो । गत वर्षको फागुन १ गते संसदमा आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्र […]

चोलेन्द्र अध्यायको पटाक्षेप

प्रारम्भराना ३ कै स्मरण गराउने शैलीमा चोलेन्द्रशमशेर राणाले केही समय न्यायपालिकाको नेतृत्व सम्हाले । अत्यन्त मनमोजी र स्वविवेकमा अदालत आफ्नै ढंगले सञ्चालन गर्न खोज्दा उनीविरुद्ध विरोधको माहोल बन्दै गएको हो । उनलाई महाभियोगको प्रस्ताव पेस हुनेसम्मको अवस्थाको सिर्जना हुनुमा उनी आफैं धेरै हदसम्म जिम्मेवार छन् । अविश्वासको प्रस्ताव गठबन्धनका केही नेताहरूको सुरक्षाका लागि ल्याउनु नै […] The post चोलेन्द्र अध्यायको पटाक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले सम्हाले जिम्मेवारी

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । गत बिहीबार मन्त्री परिषदको निर्णयबाट अध्यक्षमा चुनिएका हमालले अर्थमन्त्री जनार्दन शर्माबाट शपदग्रहणपछि आइतबार पदभार ग्रहण गरेका हुन् । योसँगै करिब साढे चार महिना नेतृत्व विहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले आफ्नो कार्यभार सम्हालेका हुन् । नवनियुक्त महानिर्देशक अधिकारीको स्वागतमा आयोजित सो कार्यक्रममा सबै उपमहानिर्देशकले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरूले […] The post प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार appeared first on राजधानी राष्ट्रिय दैनिक.

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र […]

प्रधानसेनापति शर्माले सम्हाले नेपाली सेनाको नेतृत्व

नवनियुक्त प्रधानसेनापति प्रभूराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेका छन् । बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सेनापति शर्माले सैनिक मुख्यालयमा पदभार ग्रहण गरेका हुन् । महारथी शर्माले ४४औं प्रधान सेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका नेपाली सेनाले जनाएको छ ।

प्रभुराम शर्माले सम्हाले नेपाली सेनाको नेतृत्व

अवकाशको एक महिनाअघिदेखि बिदा बस्ने प्रचलनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई सैनिक नेतृत्वको कार्यभार सुम्पिएका छन् ।

शर्माले सम्हाले सेनाको नेतृत्व

काठमाडौँ - रथी प्रभुराम शर्माले कायममुकायम प्रधानसेनापतिकाे रूपमा नेपाली सेनाको नेतृत्व लिएका छन् । उनलाई जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गरेका हुन् । सेनामा कायममुकामय भए पनि नेतृत्व लिएपछि उनलाई पूर्ण अधिकार हुन्छ । सेना \सम्बन्धी कुनै पनि निर्णय शर्माले लिन सक्छन् । शर्मा…