धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले सम्हाले जिम्मेवारी

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । गत बिहीबार मन्त्री परिषदको निर्णयबाट अध्यक्षमा चुनिएका हमालले अर्थमन्त्री जनार्दन शर्माबाट शपदग्रहणपछि आइतबार पदभार ग्रहण गरेका हुन् । योसँगै करिब साढे चार महिना नेतृत्व विहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्